ओखलढुंगामा अझै सनसनी, रास्वपा उम्मेदवार ५ मतले विजयी
बुधबार, फागुन २७, २०८२
कर्मचारी तालिमदेखि सामग्री व्यवस्थापनसम्म पूर्ण तयारी
शनिबार, फागुन १६, २०८२
ओखलढुंगामा निर्वाचन तयारी थप तिब्र पार्दै संस्थागत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । मतदान प्रक्रियालाई व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यसहित कर्मचारी तालिमदेखि सुरक्षा परिचालन रणनीतिसम्मका सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय पक्षलाई अन्तिम रूप दिने कामलाई तिव्रता दिइएको छ ।
सुरक्षा पूर्वतयारीः चुनावमा विवाद सिर्जना भएका कसरी समाधान गरिन्छ ?
शनिबार, फागुन ९, २०८२
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा सुरक्षा सतर्कता बढाइएको छ । मतदानका दिन हुन सक्ने सम्भावित विवाद, अफवाह र आकस्मिक अवस्थालाई समयमै व्यवस्थापन गर्न जिल्लाका सम्बन्धित निकायहरूले समस्या समाधानका लागि अभ्यास सुरु गरेका छन् ।
ओखलढुंगाको चुनावी क्षेत्र : कहाँ कस्तो सम्भावित खतरा ?
सोमबार, फागुन ४, २०८२
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा सुरक्षा निकाय र प्रशासनले तयारीलाई तीव्र बनाएका छन । जिल्लाभर रहेका मतदान स्थल र केन्द्रहरूको स्थलगत अनुगमन तथा सुरक्षा ब्यवस्थापन गर्दै सुरक्षा अवस्थाको सूक्ष्म मूल्यांकन भइरहेको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउने लक्ष्यसहित जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र...
प्रचारको पुरानै शैली, विकास निर्माणको आश्वासन
बिहीबार, माघ २९, २०८२
आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा चुनावी गतिविधि तीब्र बनेको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । उनीहरु अहिले गाउँ–गाउँमा पुगेर चुनावी अभियानमा ब्यस्त रहेका छन ।
१२ वर्षको बिलम्बपछि पुगेको सडकले स्थानीय हर्षित, के पाउलान सुविधा ?
बिहीबार, माघ २२, २०८२
ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ हर्कपुर हुँदै सुनकोशी गाउँपालिकाको तल्लो भेग जोड्ने गोरेटो बाटो अब मोटर गुड्ने सडकमा रूपान्तरण भएको छ । दशकौँदेखि स्थानीयको सपना बनेको मोलुङ–एकवार सडक अन्ततः यथार्थमा परिणत भएको हो ।
ओखलढुंगामा अब नियमित हवाई उडान, जिल्लाकै स्वरुप फेरिने स्थानीयको विश्वास
शनिबार, पुस १२, २०८२
दुर्गम भूगोल, जोखिमपूर्ण सडक यात्रा र वर्षौँको अनियमित हवाई सेवाको पीडा भोग्दै आएका ओखलढुंगाका बासिन्दाका लागि रुम्जाटार विमानस्थल फेरि आशाको केन्द्र बनेको छ । एक समय सुनसान र घुमफिर तथा टिकटक बनाउने थलोमा सीमित भएको यो विमानस्थलमा अब नियमित जहाज अवतरण हुन थालेसँगै जिल्लाको आवागमन, स्वास्थ्य सेवा र समग्र जनजीवनमा...
सुर्ती खेतीबाटै राम्रो आम्दानी, व्यवस्थापनमा चुनौतीसँगै अवसर
आइतबार, असोज ५, २०८२
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित सोक्माटार सुर्ती खेतीका लागि प्रख्यात छ । यो क्षेत्रमा पुस्तौंदेखि सुर्ती खेती गरिँदै आएको छ । स्थानीयको जिवनयानपनसँगै गाँसिएको यो खेती एकातिर किसानका लागि नगद आम्दानीको भरपर्दो स्रोत बनेको त छ, तर अर्कोतिर स्वास्थ्य र भविष्यका लागि चिन्ता पनि थपिएको छ ।
ओखलढुंगामा डिप बोरिङ परीक्षण सफल, पानीको हैरानी अब कम !
बिहीबार, असोज २, २०८२
ओखलढुंगाका धेरैजसो ग्रामिण भेगका नागरिक पानीको अभावले पिरोलिएका छन् । पिउन योग्य पानीको पहुँच निकै सीमित छ, र नयाँ स्रोतको खोजी निरन्तर जारी छ ।
तरकारी उत्पादनमा किसानलाई प्रत्साहन, ज्ञान–सीप एकैसाथ
बिहीबार, फागुन २२, २०८१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ सानोचित्रे विशेष गरि तरकारी उत्पादनको राम्रो सम्भावना भएको स्थान हो । विशेष गरि काउली उत्पादनको सम्भावना झन उच्च देखिएपछि कृषि ज्ञान केन्द्र ओखलढुंगाले आईपीएम कृषक पाठशाला सञ्चालन गरेको थियो । ज्ञान केन्द्रले जिल्लामै पहिलो पटक सञ्चालन गरेको यो पाठशाला कृषकहरु माझ प्रभावकारी देखिएको छ ।
ओखलढुंगाको सामुदायिक वनमा रिचार्ज पोखरी
बिहीबार, माघ १७, २०८१
ओखलढुंगाका धेरै क्षेत्र सुख्खा ग्रस्त बन्दै गएका छन् । बढ्दो जलवायु परिवर्तनसँगै भूकम्प, आगलागी र डढेलो जस्ता प्राकृतिक विपत्तिका कारण पानीका मुहानहरु सुख्दै जाँदा जंगली जनावरलाई समेत पिउने पानी र आहारको अभाव हुँदै गएको छ ।
टमाटरबाटै लाखौँ रुपैयाँ कमाई, गाउँ नै आकर्षित
शनिबार, कात्तिक १०, २०८१
पछिल्ला वर्षहरुमा कृषकको मोह परम्परागत खेतीमा भन्दा पनि नगदेबालीतर्फ बढेको देखिन्छ ।
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ?
शुक्रबार, साउन ३२, २०८१
ओखलढुंगाको उच्च भेगमा उत्पादन हुने बुङको आलु प्रख्यात बन्दै गएको छ । कुनै पनि रासायनिक मलबिना उत्पादन गरिने बुङको आलुको स्वाद धेरैले रुचाउन थालेपछि यसको माग पनि बढ्दै गएको छ । समुद्री सहतबाट २ हजार ५ सय मिटरभन्दा माथीको भेगमा परम्परागत रुपमा उत्पादन गरिने बुङको आलु खन्नमा व्यस्त देखिन्छन् कृषकहरु...
न रह्यो जग्गा, न बन्यो अस्पताल ! निर्माणकार्य अलपत्र
शनिबार, साउन २६, २०८१
ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण योजना अलपत्र बनेको छ । झन्डै ३ वर्ष अघि ओखलढुंगा सहित उदयपुर, खोटाङ, र सोलुखुम्बु गरी चार जिल्लालाई सेवा दिने उद्देश्यले प्रादेशिक अस्पताल निर्माण गर्ने निश्चित भएको थियो । तर, योजना अझै अलपत्र छ ।
स्याउनै स्याउको बगानले बनाउदैछ मालामाल
शुक्रबार, साउन १८, २०८१
ओखलढुंगाको सिमानामा पर्ने सोलुखुम्बुको पत्तालेमा उच्च प्रविधिको स्याउ खेती विस्तार गरिएको छ । ओखलढुंगा र सोलुखुम्बुका गरी ७ जना लगानीकर्ताले अहिले पत्तालेमा इटालीबाट ल्याइएको धेरै फल दिने स्याउ खेती विस्तार गरेका हुन् ।
बालबालिका र गर्भवतीको विजोग
शनिबार, साउन १२, २०८१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका क्षेत्रमा खोप केन्द्रका लागि उपयुक्त भवन नहुँदा समस्या हुँदै आएको छ ।
बनेन पहिरे खोलामा पुल, बर्षामा जोखिमपूर्ण यात्रा
सोमबार, असार २४, २०८१
ओखलढुंगाको रामपुर—ओखलढुंगा सडक जिल्लाको निकै ब्यस्त सडक हो । तर सडककै बिचमा पर्ने पहिरे खोलामा पुल नहुँदा वर्षौँदेखि दैनिक नागरिकले सास्ती खेप्दै आएका छन ।
ओलखढुंगे किसानहरु ब्यवसायिक च्याउ खेतीमा आकर्षित
सोमबार, असार १७, २०८१
च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि ओखलढुंगामा फार्म दर्ता गरी किसानहरु ब्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन ।
पर्यटक मोहित गर्ने केत्तुके, प्राकृतिकसँगै सांस्कृतिक मोहन
शुक्रबार, जेठ १८, २०८१
प्राकृतिक र सांस्कृतीक रुपले भरिपूर्ण ओखलढुंगामा पर्यटकीय सम्भावना बोकेका थुपै्र स्थानहरु छन् । यहाँका विभिन्न ऐतिहासिक स्थल, झरना, खोला, गाउँ बस्ती, अग्ला पहाड, वनजंगल, गुफा लगायत मनोरम दृष्य हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
ओखलढुंगामा ट्रयाक्टर दुर्घटना : १ को मृत्यु, १८ घाइते
शुक्रबार, जेठ ४, २०८१
ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन । जिल्लाको खिजीदेम्बा गाउँपालिका रगनी होल्पु स्थित कच्ची सडक खण्डमा ट्रयाक्टर दुर्घटना भएको हो ।
चट्टानमा खोपिए अनेक आकृति, पर्यटकको भीड
बिहीबार, जेठ ३, २०८१
पछिल्लो समय ओखलढुंगाका विभिन्न पहराका चट्टानमा विभिन्न आकृती कुँद्ने कार्य बढिरहेकोे छ । धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा समेत सहयोग पुग्ने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले लाखाँै खर्च गरेर यस्ता आकृतिहरु निर्माण भैरहेका छन् ।
