News 24 Television
पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूमको भव्य उद्घाटन

काठमाडौं । जकीले काठमाडौंको प्रमुख व्यापारिक केन्द्रमध्ये एक पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ । उत्कृष्ट रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस स्टोरमा पुरुष, महिला र बालबालिकाका लागि जकीका सम्पूर्ण उत्पादनहरू उपलब्ध छन् । 

के छन् त मुख्य आकर्षणहरू?

सम्पूर्ण उत्पादन रेन्जः इनरवेयर (भित्री वस्त्र), एथलिजर, एक्टिभवेयर, लाउन्जवेयर, थर्मल र दैनिक उपभोगका अत्यावश्यक लुगाहरूको विस्तृत संग्रह ।

–    अनुभूति प्रदान गर्ने डिजाइनः सहज र रमाइलो सपिङ अनुभवका लागि फराकिलो र आधुनिक स्टोर लेआउट।

–    प्रिमियम ग्राहक सेवाः सही फिटिङ, आराम र शैली सुनिश्चित गर्न व्यक्तिगत सहायता ।

शोरूमको उद्घाटन समारोहमा चर्चित तथा लोकप्रिय नायिका मिस प्रियंका कार्कीको उपस्थिति रहेको थियो । उनले भनिन्— “जकी सधैं आराम र आत्मविश्वासको प्रतीक बनेको छ । पुतलीसडकको यो नयाँ एक्सक्लुसिभ शोरूमले उत्कृष्ट सपिङ अनुभव प्रदान गर्दछ जहाँ मानिसहरूले ब्रान्डका सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू सहजै रोज्न सक्छन् । जकी जस्तो विश्वव्यापी ब्रान्डले काठमाडौंमा यस्तो प्रिमियम उपस्थिति जनाएको देख्दा खुसी लागेको छ ।”

jokey-3-1770875106.jpeg
स्टोर म्यानेजरद्वय मोहित कुमार सिन्हा र श्री गोकुल शर्माले एक संयुक्त विज्ञप्ति जारी गर्दै भने— “हामी पुतलीसडकमा जोकीको यो नयाँ अनुभव ल्याउन पाउँदा निकै उत्साहित छौं । यो शोरूमले काठमाडौंमा हाम्रो बढ्दो उपस्थितिलाई झल्काउँछ र स्थानीय बजारमा विश्व–स्तरीय पहिरन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ । 

“पुतलीसडकको यस शोरूमका साथै काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानहरू, जनरल ट्रेड (GT) र प्रमुख मोडर्न ट्रेड (MT) आउटलेटहरूमा पनि जकीका स्टोरहरू उपलब्ध छन्, जसले ग्राहकहरूलाई ब्रान्डसँग अझ नजिक बनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update