दैलेख । चुनावको समय नजिकिदे गर्दा उम्मेदवारहरु घरदैलोमा केन्द्रित बनिरहेका छन् । दैलेखमा भने चुनावी एजेण्डा अन्य जिल्लाको भन्दा फरक छन् ।
पेट्रोलियम पदार्थ उत्खनन, प्रशोधन र यसबाट रोजगारी सिर्जनादेखि विभिन्न मुद्दाले दैलेखको चुनावी माहोलमा रौनकता थपिदिएको छ । यतिमात्रै नभई त्रिदेशीय सडकमार्गको विषयले पनि जनतामा उम्मेदवारका बाँचालाई थप बोझिलो बनाउन थालेको देखिन्छ ।
दैलेख जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र न. १ मा विभिन्न ९ वटा दल र १ स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
दैैलेख १ मा केहि पुराना अनुहारहरु दोहोरिएका छन् भने धेरै नयाँ अनुहारहरु मतदाताको घर दैलोमा पुगिरहेका छन् । नेपाली कम्यूनिष्ट पाटीका अमरबहादुर थापा, नेकपा एमालेबाट रविन्द्रराज शर्भा चुनावी प्रतिष्पर्धामा छन् । नयाँ अनुहारहरुमा नेपाली काँग्रेसले दैलेखको ईतिहासमै पहिलो पटक प्रतिनिधीसभाको निर्वाचनका लागि महिला उम्मेदवारको रुपमा बासना थापालाई अघि सारेको छ ।
उता नेकपा एमालेका रबिन्द्रराज शर्माले स्थानिय तह देखि प्रतिनिधिसभासम्मको अनुभब भैसकेकोले अनुभब र निरन्तरताको मुद्धालाई अघि सारेका छन् । उनी २०७४ को प्रतिनिधि सभा निर्बाचित सदस्य हुन भने २०७९ मा तत्कालीन समाजबादीका अमर बहादुर थापा संग पराजित भएका थिए । लोकतन्त्र रक्षाको लागी र संबिधानको रक्षाको लागी आफुले जित्नु पर्ने भन्दै उनले पेटोलियम उत्खनन्को एजेन्डा अघि सारेका छन् ।
निवर्तमान प्रतिनिधिसभा सदस्य नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अमर बहादुर थापाले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने आफ्नो प्रमुख एजेण्डा भएको भन्दै आफूले बिकास निर्माणको काम गरिरहेकोले जनताले आफुलाई जिताउनु पर्ने दावी गर्छन् । थापा यस अघिको शिक्षा समितिका सभापति समेत भइसकेको व्यक्ति हुन् । उनले पनि अनभब र निरन्तरतालाई अघि सार्दैै पेट्रोलियमलाई नै आफ्नो एजेण्डा बनाएका छन् ।
त्यस्तै निर्वाचनको अर्को रोचक विषय के छ भने नेकपा एमालेका तर्फबाट उम्मेद्वारको लागी सिफारिस भएका नन्दकिशोर बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी रास्वपाको तर्फबाट चुनाबी प्रतिस्पर्धामा छन् । यता, मतदाता भने उम्मेदवारले पछिल्लो परिबर्तित परिस्थितिर्लाई सम्बोधन गर्दै सुशासन, भ्रष्टाचार निर्मुल जस्ता एजेण्डामा काम थर्नुपर्नेमा जोड दिदै आएका छन् ।
सबैजसो राजनितिक दलका उम्मेद्वारहरुले मुख्य रुपमा दैलेखमा रहेको पेट्रोलियम लगायत त्रिदेशिय सडक, स्थानीय सडक, विद्युतिरकण, रोजगारी, शिक्षा लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका छन् ।
