News 24 Television
मोबाइल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने १० सावधानी, नत्र पैसा स्वाहा

काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै नेपालमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । यसबाट दैनिक कारोबार सहज भएको छ तर यसको प्रयोगमा ध्यान नदिँदा साइबर ठगीका घट्ना बढ्दै गएका छन् ।

यसबाट जोगिन हामीले आफ्नो मोबाइललाई नै सुरक्षित राख्नुपर्छ । डिजिटल प्रविधिको प्रयोग बढेसँगै नेपालमा पनि साइबर ठगी, डाटा चोरी र अनधिकृत कारोबारका घटनाहरू बढ्दै गएका छन् । 

साइबर ब्यूरोका अनुसार एक वर्षमा सात हजार भन्दा धेरै यस्ता घटनाका उजुरी परेको छ । यति ठूलो घट्ना हुनुको पछाडी प्रयोगकर्ताले डिजिटल प्रविधिको प्रयोगमा ध्यान नदिनु नै हो । 

प्रविधि आफैमा असुरक्षित होइन, तर यसको प्रयोग गर्दा ध्यान दिइएन भने विद्युतीय कारोबारमा ठूलो नोक्सानी हुनसक्छ । डिजिटल हस्ताक्षरको रुपमा प्रयोग हुने ओटीपी र पीनकोड कसैलाई पनि सेयर गर्नु हुँदैन । यस्तै सार्वजनिक वाईफाई प्रयोग नगर्ने र शंकास्पद लिंक खोल्नु हुँदैन ।

मोबाइल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने १० सावधानी

१. बलियो पासवर्डको प्रयोग

अक्षर, अंक र विशेष चिन्ह मिलाएर पासवर्ड बनाउनुहोस् । जन्ममिति, फोन     नम्बर वा कुनैपनि सजिलो अनुमान लाग्ने शब्द नहाल्नुहोस् ।

२. ओटीपी कसैलाई नदिने

बैंकले कहिल्यै पनि फोन वा मेसेजमार्फत ओटीपी माग्दैन । यदि कसैले मागेमा दिनु हुँदैन । 
३. आफ्नै मोबाइलबाट मात्रै प्रयोग गर्ने

अरूको फोन वा साइबर क्याफेबाट बैंकिङ नगर्नु राम्रो राम्रो हुन्छ । 

४. सार्वजनिक वाइफाई प्रयोग नगर्नुहोस् 

क्याफे, एयरपोर्टजस्ता सार्वजनिक ठाउँका वाइफाई असुरक्षित हुन सक्छ । जसको प्रयोग सकेसम्म गनुै हुँदैन ।

५. आधिकारिक एम मात्रै प्रयोग गर्ने

प्लेस्टोर वा एपस्टोर बाट मात्रै एप डाउनलोड गर्नुहोस् । जथाभागी लिंकहरु क्लिक नगर्नुहोस् । 
६.मोबाइल फोन सुरक्षित राख्ने

फोनमा पिन, फिङ्गरप्रिन्ट जा फेसलक राख्नुहोस् । जसबाट मोबाइलफोन अरु कसैले प्रयोग गर्न सक्दैनन् ।

७. कारोबार पछि लगआउट गर्न नभुल्नुहोस् । 

मोबाइलबाट बैंकिङको प्रयोग भइसकेपछि एप वा वेबसाइटबाट लगआउट गर्नुपर्छ ।
८. एसएमएस÷इमेल अलर्ट जाँच गर्नुहोस् ।

एसएमएस वा इमेल नियमित जाँच गर्ने र शंकास्पद कारोबारको म्यासेज आएको खण्डमा तुरुन्त बैंकलाई जानकारी दिनुपर्छ ।

९. फोन हराए बैंकलाई खबर गर्नुहोस्

मोबाइल हरायो भने मोबाइल बैंकिङ ब्लक गराउन बैंकलाई तत्काल खबर गर्नुपर्छ । फोन हराउँदा फोनमा भएको मोबाइल बैंकिङको दुरुपयोग हुन सक्छ ।

१०. एप र फोन सधैं अपडेट राख्नुहोस्

एप र फोन अपडेट राख्दा तपाइको कुनै पनि डाटा सुरक्षित रहन सक्छ भने सूचना समयमै प्राप्त हुन सक्छ । मोबाइल तथा इन्टरनेट बैंकिङ तपाइहाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । तर, यसलाई सुरक्षित बनाउन प्रयोगकर्ताको सचेतना सबैभन्दा महत्वपूर्ण पक्ष हो । 

प्रयोग गर्दा सामान्य सावधानी अपनाउन सके डिजिटल बैंकिङ सुरक्षित, भरपर्दो र प्रभावकारी माध्यम बन्न सक्छ । 

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update