News 24 Television
गरिबी निवारणमा सि जिनपिङको सोचबारे नेपालमा चर्चा

काठमाडौं । नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्टपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने विश्वास विज्ञहरूले गरेका छन्। 
फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको गरिबी निवारणमा सि जिनपिङको सोचू विषयक अन्तरकृयामा विज्ञहरु डा अग्नि काफ्ले, डा. कुशुम शाक्य, डा. विष्णुहरि नेपाल, डा. ग‍ोविन्दमानसिंह कार्की, संस्थाका अध्यक्ष शोभित उप्रेती लगायतले चर्चा गरेका हुन् । 

कार्यक्रममा बोल्दै डा. काफ्लेले गरिबी निवारणका लागि सीपमूलक र व्यवसायिक शिक्षामा जोड दिए । चीनले आधुनिक शिक्षासँगै सीपमूलक र व्यवसायिक शिक्षामार्फत आर्थिक फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालमा पनि प्राविधिकसहितको शिक्षामा जोड दिनुपर्ने धारणा राखे । 

यस्तो शिक्षाबाट विदेशमा पनि दक्ष कामदार पठाउन सकिने र रेमिट्यान्स पनि सोही अनुसार प्राप्त हुने उनले बताए । 

si-1771739088.JPG
अर्थशास्त्री एवम जनसंख्याविद् डा. कुशुम शाक्यले सि चिनिपिङले प्रस्तुत गरेको १० वुँदे मार्गचित्रमाथि प्रकाश पार्दै पूर्वाधार र यातायातको विकासमा जोड दिइन्। 

बलियो पूर्वाधार र यातायात सेवा बिना उत्पादन, बजार पहुँच र प्राकृतिक श्रोत साधनको उपयोग सम्भव नभएकाले चीनको स्थितिबाट नेपालले सिक्नुपर्ने धारणा राखिन्। 

डा. शाक्यले गरिबी निवारणमा स्थानीय सरकारको भूमिका नै अन्तिम हुने भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् । 

जापानका लागि नेपालका पूर्व राजदूत डा. विष्णुहरि नेपाल, इतिहासविद् डा. गोविन्दमानसिंह कार्की र संस्थाका अध्यक्ष उप्रेतीले नेपालको अस्थिर राजनीति, भ्रष्टाचार, युवाहरुको पलायन, बेरोजगारी, उद्योगी व्यवसायीको निराशा लगायतका विषय तत्काल सम्बोधन गरि चीनिया मोडलबाट गरिबी निवारण गर्न सकिने बताएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update