News 24 Television
गाडीमा आगो लागिहाले तत्काल निभाउने ‘अटोमेकिट एक्सटिनगुजर’ नेपालमा

काठमाडौं । तैयब अटो वर्कशपले गुडिरहेको गाडीमा अचानक आगो लाग्न सक्ने जोखिमलाई ध्यान दिँदै तत्काल आगो निभाउने उपकरण नेपाल भित्र्याएको छ । कम्पनीले भारतीय बजारमा लोकप्रीय बनिरहेको ‘अटो फायर एक्सटिनगुजर (एएफई) नेपाल ल्याएको हो । 

भारतीय उत्पादक ब्राण्डस्ड्याडीको उत्पादनलाई ईभी र आईस इन्जिनवाला गाडीमा सजिलै फिट गर्न सकिने दावी गरिएको छ । जुन उपकरण एउटा गाडीमा ४ वटा एएफई जडान गर्न सकिने जनाइएको छ । यसरी जडान गरिएका एक्सटिनगुजरहरु गाडीमा आगो लागेको खण्डमा तत्कालै आफैँ खुल्छन् र आगो निभाउन मद्दत गर्छन् ।

‘गाडीमा आगो लाग्न थालेको ३ सेकेण्ड भित्रमा एक्सटिनगुजर अटोमेकिट रुपमा आफैँ खुल्छन् र आगो निभ्छ । १० सकेन्डभित्रै आगो निभ्ने यो प्रोडक्ट इन्डियामा अहिले धेरै चलिरहेको छ । नेपालमा पनि गाडीमा हुन सक्ने आगलागीको घटनालाई मध्यनजर गरेर हामीले भित्र्याएका छौँ,’  तैयब अटो वर्कशपका सञ्चालकले भने ।

अहिले नेपाली बजारमा यसको मूल्य सरदर एक पिसको ५ हजार रुपैयाँ पर्न सक्ने देखिएको छ । नेपाली बजारमा आयात, भन्सार शुल्क र अन्य महशुलहरु जोडेर कम्पनीले बिक्री मूल्य तय गर्नेछ । 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update