News 24 Television
गरिबीकै कारण असुरक्षित आवासमा बस्न बाध्य मिजार परिवारको जिम्मा केसीले लिने

सर्लाही । सर्लाहीको इश्वरपुर –८ निवासी एक दलित परिवारको घर निर्माण तथा पालन पोषणको जिम्मेवारी जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष तथा फुटबलका पुर्व राष्ट्रिय खेलाडी रोजित केसीले लिएका छन । गरिबीकै कारण आवसको असुरक्षा झेलिरहेका बेला केसी पीडीतको मलम बनेर पूगेका छन् । 

आमा र बाबु दुवै साथमा नभएका मोनिका मिजार, मनिष मिजार ,खुसी मिजार, मन्दिप मिजार र सन्दिप मिजारको पिडा र दैनिक जीवनमा परिरहेको समस्या समाधानका लागि केसीले जिम्मेवारी लिएका हुन् । 

फौजदारी कसुरमा जेल परेका बाबु र दोस्रो बिबाह गरि गएकी आमाबाट छुट्टीएपछि सहाराविहीन भएका वालवालिकाको शिक्षा दिक्षा तथा घर निर्माणको जिम्मेवारी लिन आफु तयार भएको रोजित केसीले जानकारी दिए ।

पूर्वराष्ट्रिय खेलाडी रोजित केसी मिजारको घरमै पुगी आगामी दिनमा पर्ने समस्या र घर निर्माणको लागि आफुले जिम्मवारी लिने बताए । 

लामो समय राष्ट्रिय फुटबल टिममा रहेका उर्जावान खेलाडी केसी पछिल्लो समय सामाजिक कार्य सँगै राजनितीमा सकृय छन् । नेपाली कांग्रेस इश्वरपुर –८, का सभापती समेत रहेका उनी युवा तथा खेलकुद प्रेमीमाझ लोकप्रिय मानिन्छन ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update