सर्लाहीमा विश्व वातावरण दिवस मनाइयो
शुक्रबार, जेठ २२, २०८३
असहाय मिजार बालबालिकाको घर बनाइदिए केसीले
शुक्रबार, जेठ १५, २०८३
सर्लाहीको इश्वरपुर– ८ निवासी एक दलित परिवारको घर निर्माण तथा पालन पोषणको जिम्मेवारी रोजित केसीले पीडीतको मलम बनेर पूगेका छन् ।
जीर्ण संरचनामा खानेपानी संकलन, प्राविधक भन्छन्– लोड धेरै नदिनु
बुधबार, जेठ १३, २०८३
सर्लाहीको रानीगञ्जमा ३५ वर्ष अगाडि निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेको छ । खानेपानी जम्मा गर्ने ट्याङ्की र पाइपबाट पानी चुहिन थालेपछि रानीगञ्ज खानेपानीका उपभोक्ताले आवश्यक पानी पाएका छैनन् । अहिले थोरै समय मात्र खानेपानी वितरण गरिएको छ ।
सर्लाहीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
सोमबार, जेठ ११, २०८३
सर्लाही एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेक, लालबन्दी मोडल हस्पिटल तथा लायन्स क्लब अफ लालबन्दी सिटीको संयुक्त आयोजनामा लालबन्दी न.पा. १२ जियाजोर स्थित श्री नारायण माध्यमिक विद्यालयमा संचालन भएको निशुल्क स्वास्थ शिविर सम्पन्न भएको...
नगर अस्पतालको सक्रियताः निःशुल्क डायलाइसिस सेवा सेवाबाट सर्वसाधारणलाई लाभ
सोमबार, जेठ ४, २०८३
नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आएका सर्लाहीका स्थानीयले ईश्वरपुर नगर अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । नगर अस्पतालमै डायलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको छ । डायलासिस सेवा सुरु भएसगै यस क्षेत्रका मिर्गौला रोगीलाई अब डायलासिस गराउन जनकपुर, वीरगन्ज, भरतपुर तथा काठमाडौँ लगायतका स्थानमा जानुपर्ने...
सर्पदंशका बिरामी बढे, जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटल प्रयोगिविहिन
शनिबार, वैशाख १२, २०८३
मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प शितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका हुन् । तर केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसीयु र भेन्टिलेटर लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । जसले गर्दा बिरामीको उपचारमा समस्या भएको...
सर्लाही १ मा रोचक चुनावी भिडन्त, के छन उम्मेदवारका एजेण्डा र भनाई ?
सोमबार, फागुन ११, २०८२
फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा सर्लाही १ को माहोल अझै गर्माएको छ । पुराना दलका स्थापित अनुहार र नयाँ प्रतिस्पर्धीबीचको भिडन्तले यसपटकको चुनाव रोचक बन्ने देखिएको छ । अघिल्ला निर्वाचनहरूमा फरक–फरक प्रतिनिधि चयन गर्दै आएको यो क्षेत्रमा मत विभाजन नै निर्णायक बन्न सक्ने आकलन गरिएको छ ।
सर्लाही ४ः हाइप्रोफाइल क्षेत्र, गगन–अमरेशले जमाए अड्डा
सोमबार, फागुन ४, २०८२
फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा सर्लाही ४ को माहोल अझै गर्माएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा उम्मेदवार डा. अमरेश कुमार सिंहको प्रमुख प्रतिस्पर्धा रहने सर्लाही ४ लाई चासोको रुपमा हेरिरहँदा दुवै पक्ष अहिले मतदाताको मन जित्ने होडमा छन् ।
सर्लाही ३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच टक्करको सम्भावना
बुधबार, माघ २१, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ३ मा उम्मेदवारहरुले शिक्षा, कृषि, रोजगार,स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
प्रदेशकै नमूना रंगशालाः पहिलो पटक ‘मेयर गोल्डकप’को आयोजना
बुधबार, माघ १४, २०८२
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा ५ सय दर्शक क्षमताको सुविधायुक्त र आकर्षक फुटबल रंगशाला निर्माण गरिएको छ । स्थानीय जीवेश्वर युवा क्लबको पहलमा मधेश प्रदेश सरकार, लालबन्दी नगरपालिका, वडा कार्यालय तथा विभिन्न दाताहरूको सहयोगमा रंगशाला तयार पारिएको हो ।
सर्लाहीका किसानलाई तरुल खन्ने चटारो
बुधबार, पुस ३०, २०८२
सर्लाहीमा बरहथवा नगरपालिका र बागमती नगरपालीकाको नदी तटीय क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुने गरेको छ । यस क्षेत्रका किसानलाई यतिखेर तरुल खन्ने चटारो छ ।
किसानलाई पीरः असारमा सुख्खा, कार्तिकमा वर्षा
बिहीबार, कात्तिक २०, २०८२
गत असारमा सुख्खा हुँदा समयमा धान रोप्न नपाएका किसानले यसपाली धान भित्राउने बेला परेको पानीले ठूलो क्षति पुर्याएको छ । तीन दिनदेखिको वैमौसमी वर्षाले मधेश प्रदेशमा पाकेको धानबालीमा ठूलो नोक्सानी पुर्याएको हो ।
सर्लाहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
बुधबार, असोज ८, २०८२
चाडबाडमा यात्रुको सहजता र सुरक्षाका लागि सर्लाहीका विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीकोे समन्वयमा जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीले विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो ।
अशान्त बन्यो लालबन्दी बजार, नगरपालिका मूकदर्शक !
शुक्रबार, असार २०, २०८२
सर्लाहीको लालबन्दी बजार टमाटरको लागि प्रसिद्ध छ । यहाँ उत्पादित टमाटरसहितका ताजा तरकारी काठमाडौंसहित देशका ठुला सहरसम्म पुग्ने गर्छ । तर, अहिले यहाँ अनिश्चितकालीन आन्दोलन चलेकाले बजारमा थोक तरकारीको किनबेच पूर्णरूपमा बन्द गरिएको छ भने, आन्दोलनरत पक्षले लालबन्दी स्थित पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन् ।
सर्लाहीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
शुक्रबार, पुस १२, २०८१
सर्लाहीको मूख्य बजार लालबन्दी नबलपूर बरहथवाको मुख्य चौक देखि बजार क्षेत्र समेत ट्राफिक प्रमूखका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । यसले शहरको सौन्दर्यमा ह्रास त ल्याएको नै छ सर्लाहीबासीमा समेत हिनता बोध हुन थालेको छ ।
‘अघि–अघि निर्माण, पछि–पछि खत्तम’
सोमबार, असार १०, २०८१
सर्लाहीको मलंगवा नगरपालिका २ मा नाला निर्माण कार्य गुणस्तर नभएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कृष्ण चोकदेखि उत्तरतर्फ जाने बाटोको दुवैतर्फ निर्माणाधीन अवस्थामा रहेको नाला गुणस्तरहीन भएको स्थानीयको गुनासो छ ।
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न !
आइतबार, जेठ २७, २०८१
सर्लाहीको सागरनाथ वन क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद र मुर्तीया जंगलमा ठूलो मात्रामा काठ तस्करी हुने गरेकोे छ ।
-1780667732.jpeg)