News 24 Television
काठमाडौं–१ का कांग्रेस उम्मेदवार प्रबल थापाले बुद्धनगरस्थित मतदान केन्द्रमा मतदान गरे

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं–१ का उम्मेदवार प्रबल थापाले बुद्धनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। बिहानै मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

उनले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख गरे। बुद्धनगर क्षेत्रका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ।

निर्वाचन अधिकृतका अनुसार सम्बन्धित केन्द्रमा मतदान प्रक्रिया निर्धारित समयअनुसार शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update