News 24 Television
पितृ शोकमा भावविह्वल ओली, मोहन प्रसादको अन्त्येष्टी, गगन र झलनाथ पशुपति पुगे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको शुक्रवार पशुपति आर्यघाटनमा हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । मोहन प्रसादको अन्त्येष्टीमा श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस सभापति गगन थापा सहित विभिन्न राजनीतिक दलका नेताहरु पुगेका थिए । 

पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । शुक्रबार दिउसो हिन्दु परम्परा अनुसार उनको अन्त्येष्टी गरिएको हो । छोरा केपी शर्मा ओलीले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए । 

मोहन प्रसादको अन्त्येष्टीमा एमाले नेता तथा समर्थकहरुको बाक्लो सहभागिता देखिन्थ्यो । महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, सचिव महेश बस्नेत, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे सहितका नेताहरु सहभागि थिए । 

नेपाली कांग्रेसबाट सभापति गगन थापा र रामहरि खतिवडा, नेपाली कम्युनिष्ट पार्टीका नेता पुर्वप्रधानमन्त्री झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, रास्वपा नेता तथा नवनिर्वाचित सांसद जगदिश खरेल सहितका नेताहरुले पशुपति आर्यघाट पुगेर श्रदाञ्जली अर्पण गरेका थिए । 

एमाले अध्यक्ष ओलीलाई पृत शोक पर्दा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत सामाजिक संजालमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

तत्कालिन समयमा राजनीतिको केन्द्रमा केपी शर्मा ओली हुँदा पनि त्यति धेरै नखुलेका स्वर्गीय मोहन प्रसादलाई सादगी पिताका रुपमा नेता कार्यकर्ताले सम्झिएका छन् । 

९७ बर्षका मोहनप्रसाद ओलीको शुक्रबार विहान निधन भएको हो । पछिल्ला केहि दिना यता मोहनप्रसाद ओलीको स्वास्थ्य राम्रो थिएन । विहिबार राति अप्ठ्यारो महशुस भएपछि मोहन प्रसादलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पु¥याइएको थियो । 

उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको हो । मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आएका थिए । गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा झापास्थित घरमा आगजनी भएपछि उनी भक्तपुरमै बस्दै आएका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update