News 24 Television
पत्रकार सेर्माको उपचारका लागि युकेबाट २ लाख ३५ हजार सहयोग

काठमाडौं । यूके निवासी समाजसेवी तथा गीतकार होमा पाहिमद्वारा संकलित २ लाख ३५ हजार २ सय ६४ रुपैयाँ रकम क्यान्सर पीडित कविन्द्र सेर्मालाई हस्तारण गरिएको छ ।

गीतकार पाहिमले ‘कविन्द्र बचाउ अभियान’ नै संचालन गरेर उक्त रकम संकलन गरेकी थिइन् । उक्त रकम यहीसाता काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पीडित सेर्मालाई वितरण गरिएको हो ।

आर्थिक रकम जम्मा गरेर सहयोग गरेकामा गीतकार होमा पाहिमसहित सम्बद्ध  खड्कजङ लिम्बू तथा अभियानमा साथ दिने चागे धर्ती आमा कोष लिमिटेड परिवारलाई पीडित सेर्माले धन्यवाद दिएका छन् ।

पीडित सेर्माले अभियनाको संयोजन गर्ने गीतकार लिलाराज काम्बाङ तथा तुलशी बस्नेत लगायतलाई पनि धन्यवाद व्यक्त गरेका छन् । पत्रकार समेत रहेका कविन्द्र सेर्मा ३ वर्षदेखि घाँटीको क्यान्स र कलेजोको समस्याबाट पीडित छन् । 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update