News 24 Television
वनजंगल डढेलोबाट जोगाउन सर्लाहीमा ७ दिने अभियान

सर्लाही । चैत बैशाख डढेलोको अत्याधिक जोखिम हुने समय हो । गर्मीसँगै हावाहुरीको समेत मौसम भएकाले यो बेला आगलागी र बन डढेलोको जोखिम अत्याधिक हुने गर्छ । नागरिकको लापारवाही र चेतनाको कमीले गर्दा डढेलो लाग्ने गरेको छ । यसैलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय सर्लाहीले वन डढेलो व्यवस्थापनबारे सप्ताहव्यापी सचेतना ¥याली गरेर चेतना जगाएको छ । 

खासगरी तराईका जिल्लाहरुमा चैत बैशाखको समयमा बन डढेलोको जोखिम अत्याधिक हुने गरेको छ । रुखका पातहरु झरेर नयाँ पालुवा पलाउने भएकाले पनि डढेलोको जोखिम बढेको हो । 

धेरैजसो नागरिकको लापर्वाही र जनचेतनाको कमीले गर्दा डढेलो लाग्ने गरेको गर्दछ । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालय सर्लाहीले साप्ताहिक  सचेतना ¥याली सम्पन्न गरेको छ । 

वन डढेलो नियन्त्रणमा प्रभावकारीता, तिनै तहका सरकार र समुदायको सहभागिता” मुल नारासहित आयोजना गरिएको ¥यालीमा वनमा आगो लगाउनु दन्डनीय अपराध हो, बन जङ्गल सबैको साझा सम्पत्ति हो, संरक्षण गर्नु सबैको दायित्व हो, जस्ता प्ले कार्ड सहितका नारा लिएर स्थानीय  सहभागी भएका थिए । 

राष्ट्रिय र सामुदायिक वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने छ ।  

वन क्षेत्रमा हुने डढेलोले वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै जैविक विविधता, वातावरण र मानव बस्तीमा समेत ठूलो असर पार्ने भएकाले सबै नागरिकलाई सचेत रहन वन कार्यालयले आग्रह गरेको छ । 

विशेषगरी वन क्षेत्रमा घाँसपात जलाउने, चुरोट वा आगलागीजन्य पदार्थ लापरवाहीपूर्वक फाल्ने जस्ता गतिविधि नगर्न तथा डढेलो लागेको जानकारी भएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न समेत आग्रह गरिएको छ । 

सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा वन क्षेत्रमा अग्नि रेखा निर्माण गर्ने, झाडी सफा गर्ने, जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती गर्ने र वन हेरालुमार्फत वनको निगरानी बढाउने कामसमेत भइरहेको छ । डढेलो फैलन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँ विशेष सतर्कता अपनाइएको डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यक्रममा समुदायमा फायर लाइन सफा गर्ने, नमुना अभ्यास गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका  विषयमा जानकारी गराइएको छ । वन डढेलो रोकथाम सम्बन्धी सप्ताहव्यापी सचेतना कार्यक्रममा सामुदायिक वनमा आगो लगाउने व्यक्ति पत्ता लगाएर कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा सरोकारवालाहरूले  जोड दिएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update