मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीयको सहजताका लागि घरघरमा सेवा प्रदान शुरु गरेको छ । भौगोलिक विकटताका कारण जिल्ला सदरमुकाम र पालिकाको केन्द्रसम्म पुग्न नसक्ने स्थानीयहरुको लागि गाउँमै एकीकृत घुम्ती सेवा मार्फत सबै सेवा एकै स्थानबाट प्रदान गरिएको हो ।
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीय बासिन्दाको सहजताका लागि घरघरमै सेवा पु¥याउने अभियान सञ्चालन गरेको छ ।दुर्गम तथा भौगोलिक विकटताका कारण जिल्ला सदरमुकाम तथा गाउँपालिकाको केन्द्रसम्म पुग्न कठिनाइ भोग्दै आएका नागरिकलाई लक्षित गर्दै गाउँमै एकीकृत घुम्ती सेवा शिविरमार्फत विभिन्न सेवा एकै स्थानबाट उपलब्ध गराइएको हो ।
यस अभियान अन्तर्गत नागरिकता, राष्ट्रिय परिचयपत्र, जन्म–मृत्यु दर्ता, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा लगायतका अत्यावश्यक सेवाहरू प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
सेवाग्राहीलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता हटाउँदै समय र खर्च बचत हुने गरी सेवा प्रवाह गरिएको हो । गाउँपालिकाका जनप्रतिनिधिको समन्वयमा भएको घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारीदेखि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अधिकारी समेतको उपस्थितीमा यस अघि विभिन्न कारण नागरिकताबाट वञ्चित भएकालाई नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण गरिएको थियो ।
नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने हरेक अधिकार गुमाएका नागरिकले गाउँमै सिडियोको हातबाट नागरिकता पाउँदा दंग देखिएका थिए ।
घुम्ती शिविरमा कृषि सामाग्री, पशुपन्छीका लागि औषधि, सुत्केरीका लागि पोषणयुक्त खानादेखि स्वास्थ्य शिविरसम्म संचालन गरिएको थियो । सेवा पाउने नागरिकको अधिकार, घर घरमा स्थानीय सरकार भन्ने नारा सहित गाउँपालिकाले वडा÷वडामा सबै सेवा पु¥याउने उद्देश्य सहित शिविर नै सञ्चालन गरेको हो ।
त्यसैगरी, नागरिकता प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक अधिकारलाई सुनिश्चित गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सहितको टोली समेत खैराङ पुगेको थियो । विभिन्न कारणले नागरिकताविहीन भएर बस्न बाध्य नागरिकको समस्यालाई मध्यनजर गर्दै टोली फिल्डमै उत्रिएर नागरिकता वितरण गरिएको हो । एकैदिन पालिकाभरका ३० जनालाई नागरिकता र १ हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।
विकट गाउँपालिकाले हरेक वर्ष नागरिकको सहजताका लागि गाउँ÷गाउँमा एकीकृत घुम्ती शिविरको आयोजना गर्दै आएको छ । यो वर्ष पालिकाभरका विभिन्न स्थानमा ४ दिन शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । यसै कार्यक्रम अन्र्तगत पालिकाभरका जेष्ठ नागरिकहरुलाई घर÷घरमै पुगेर स्वास्थ्य जाँच, औषधि वितरण तथा पोषणयुक्त खानेकुरा समेत वितरण गरिएको छ ।
