News 24 Television
जब ठमेलमा चल्यो प्रहरीको ‘सेफ्टी अपरेसन’

काठमाडौं । मध्यरातको समयमा काठमाडौं मस्त सुतिरहेको भए पनि कानुनका हातहरू जागै थिए । जब शहरका गल्लीहरू सुनसान बन्दै थिए बर्दीधारी टोलीले एउटा यस्तो चक्रव्यूह रच्यो, जसमा सहरका अवाञ्छित तत्वहरू एकपछि अर्को गर्दै फस्दै गए । एकै रात, एकै प्रहार र १ सय ४४ जना प्रहरीको नियन्त्रणमा ! आखिर के थियो त्यो प्रहरीले चलाएको सेफ्टी अपरेसन ? को–को परे प्रहरीको फन्दामा ?

रातको १२ बजे । सहरको कोलाहल मत्थर भइसकेको थियो । तर,जिल्ला प्रहरी परिसरको कमाण्ड र उपत्यका अपराध अनुसन्धानको सेन्टरमा एउटा सेक्रेट म्यासेज फ्ल्यास हुन्छ—अपरेशन नाइट स्वीप र सेफ्टी अपरेसन अब सुरु गर्नुहोस !

काठमाडौंका सडकहरू खाली हुँदै थिए । तर,जिल्ला प्रहरी परिसर काठमाडौंको र उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड भने अर्कै माहोल थियो । एउटा गोप्य योजना,र दर्जनौं प्रहरी टोलीको परिचालन । 

एकाएक काठमाडौंका मुख्य चोक,गल्ली र शंकास्पद क्षेत्रमा प्रहरीको घेराबन्दी सुरु भयो । यो कुनै सामान्य गस्ती थिएन, यो त थियो—अपरेसन सेफ्ट ।

विभिन्न होटल, रेष्टुरेन्ट,डान्सबार र शंकास्पद अखडाहरूमा प्रहरी टोली बज्रिएझैँ पुग्यो।कोही तासको खालबाटै समातिए,कोही लागुऔषधको नसामा लठ्ठिएका भेटिए,त कोही समाजमा अशान्ति फैलाउन उद्यत गुण्डाहरू ।

एकै रात १४४ जना पक्राउ

अपरेसन क्षेत्रः ठमेल, दरबारमार्ग, नयाँ बसपार्क, र काठमाडौंका भित्री गल्लीहरू ।

कारणः गुन्डागर्दी, सट्टेबाजी, लागुऔषध कारोबार र सामाजिक अवाञ्छित गतिविधि ।

बरामदः नगद, मोबाइल फोन र केही घातक हतियारहरू ।

कुनै फिल्मी ट्रेलर जस्तै लाग्ने यो दृश्य कुनै सुटिङ थिएन । यो त थियो अपराधीहरूको सातो उडाउने प्रहरीको सुपरफास्ट एक्सन । सहरका डान्स बार, क्लव, र संकास्पद गल्लीहरूमा प्रहरीको टोली यसरी छिर्यो कि कोही पनि भाग्न पाएनन् । कोही जुवाको खालबाट समातिए, कोही लागुऔषधको नशामा लठ्ठिएको फेला परे ।

को को परे पक्राउ ? 

सर्लाही घर भई सिनामंगल बस्ने १८ वर्षीय सूर्य माझी

बाँके घर भई एयरपोर्ट बस्ने २२ वर्षीय एकेश तामाङ

पाँचथर घर भई एयरपोर्ट बस्ने २६ वर्षीय प्रेमकुमार मगर

सिन्धुली घर भई नयाँबस्ती बस्ने ३२ वर्षीय राजकुमार राई

मकवानपुर घर भई एयरपोर्ट बस्ने ४० वर्षीय मंगलमान घलान

पाँचथर घर भई टोखा बस्ने ३८ वर्षीय खगेन्द्र लिम्बु

मोरङ घर भई एयरपोर्ट बस्ने २९ वर्षीय आशिष खतिवडा

मकवानपुर घर भई शम्भुमार्ग बस्ने ३४ वर्षीय विश्व मोक्तान

धनुषा घर भई एयरपोर्ट बस्ने ४५ वर्षीय वीरेन्द्र झा

सिराहा घर भई तिलगंगा बस्ने ६० वर्षीय लड्डा मियाँ

मोरङ घर भई नयाँ बसपार्क बस्ने ४६ वर्षीय परशुराम राई

रामेछाप घर भई भक्तपुर बस्ने २७ वर्षीय सन्तु तामाङ

धनुषा घर भई तिलगंगा बस्ने ५३ वर्षीय रघुवीर शाह

महोत्तरी घर भई तिलगंगा बस्ने ३३ वर्षीय राजीवकुमार रावत

धनुषा घर भई गौशाला बस्ने २६ वर्षीय सरोजकुमार महतो

मकवानपुर घर भई गौशाला बस्ने १९ वर्षीय अजय लामा

झापा घर भई सिनामंगल बस्ने ३९ वर्षीय केशव लिम्बु

बझाङ घर भई सिनामंगल बस्ने २० वर्षीय रामप्रसाद जोशी

बझाङ घर भई कीर्तिपुर बस्ने २९ वर्षीय विमलराज जोशी

गुण्डागर्दीमा संलग्न ५ जना पक्राउ

प्रविण तामाङ – श्याम लामा समूहमा सक्रिय, बौद्ध एरियामा गुण्डागर्दी गर्दै आइरहेको ।

बिर्जु महर्जन–कलंकी (बाफल) एरियामा गुण्डागर्दीमा संलग्न ।

सुजन कार्की–कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा सक्रिय ।

सरु गुमागाईं–स्यूचाटार एरियामा गुण्डागर्दीमा सक्रिय । प्रहरीको यो अप्रेसनले के प्रमाणित गरिदियो भने—अपराध गरेर भाग्न सकिएला,तर लुक्न सकिँदैन ।

एकै रातमा १४४जनाको गिरफ्तारीले सहरका गल्लीहरूमा नयाँ हलचल ल्याइदिएको छ । प्रहरीको यो सक्रियतालाई धेरैले डेभिट शैलीको क्लिन–अप भनेका छन्। तर, प्रश्न अझै बाँकी छ, के यी पक्राउ परेकाहरूमाथि उचित छानबिन होला त ? वा यो केवल एक रातको रिहल्सन मात्र हो ? 

पछिल्लो समय काठमाडौंमा पेशेवर र राजनीतिक आवरणमा गुन्डागर्दी सक्रिय रहेको तथ्यले देखाएको छ । काठमाडौं भित्रका टोलमा राजनीतिक पार्टीमा आबद्ध भएका समूह नै शान्ति सुरक्षामा असर पार्ने गरी सक्रिय भएपछि प्रहरीले सूची नै तयार पारेको छ ।

 विगतमा जेल बसेर निस्किएका र धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट आएका नयाँ समूह पनि सक्रिय देखिएका छन् । करिब १ सय गुन्डा समूहको पहिचान र सूची तयार भएकाले राजनीतिक दलको बदनाम गराउन सक्रिय डनहरू कारबाहीको दायरामा आउने प्रहरीको चेतावनी छ । यस्ता गतिबिधिहरु काठमाडौंमा हुन नदिने प्रहरीको अडान छ ।

राजनीतिक संरक्षणमा रहेको देखिएका यिनै व्यक्ति र समूह शान्ति सुरक्षाका लागि अहिले चुनौती बनेका छन् । काठमाडौंमै गुन्डागर्दी गरेका दीपक मनाङे आफैंले २० वर्षअघि गरेको अपराधको सजाय भोगिसकेका छन । 

कुमार घैंटे र दिनेश अधिकारी चरी प्रहरी कारबाहीमा मारिएपछि केही समूह तितरबितर भएका थिए । तर पछिलो समय फेरि सक्रिय भएको प्रहरीको बुझाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update