काठमाडौं । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका पूर्व सभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराविरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ । भेप प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराविरुद्ध विहीबार विशेष दालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पटक पटक पक्राउ पर्दै र छुट्दै आएका पूर्व सभामुख एवम् नेकपा नेता कृष्णबहादुर महराविरुद्ध पुनः सोही प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित र नेपाल सरकारका सहसचिव अरुण पोखरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियारले पूर्व सभामुख महरा र सहसचिव पोखरेलका साथै महरापुत्र राहुललाई समेत प्रतिवादी बनाएको छ । पूर्व सभामुख एवम् नेकपा नेता कृष्णबहादुर महराविरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले बिगो ७ करोेड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा कायम गरी जना चार विदेशी नागरिक, एक नेपाली कम्पनी र २४ जना नेपाली गरी जम्मा २९ जना उपर नागरिक मुद्दा दायर भएको हो ।
मुख्य मतियारहरु र मुख्य कसुरका मतियारहरु गरेर दुइटा क्याटगोरीमा छुट्याएर आरोप पत्र दायर भएको आयोगले अदालतले जनाएको छ । पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
पटक पटक पक्राउ पर्दै आएका छन् महरा
सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरा पटक पटक पक्राउ पर्दै आएका छन् । यसअघि गत असोज २६ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले महरालाई पक्राउ गरेको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
२०७९ सालमा चिनियाँ समूहले भेपमार्फत सुन तस्करी गर्दा महरा र उनका छोराको कनेक्सन भेटिएको थियो । २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्रको सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आपराधिक लाभ लिएको दाबी गरिँदै आएको छ ।
सोही मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागर सुनधारामा राखिएका महरा पछिल्लो पटक गत मंसिर ११ गते उच्च अदालतको आदेशमा २० लाख धरौटी बुझाएर छुटेका थिए ।
