News 24 Television
मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मानन्धरसँग विभिन्न बैंक बित्तिय संस्थामा करिब २५ वर्ष कार्य गरेको अनुभव छ । हाल मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल छन् । उनको कार्यकाल आगामी २०८३ वैशाख मसान्तबाट सकिँदैछ । 

यसलगत्तै नवनियुक्त सीईओ मानन्धरले २०८३ जेठ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने बताइएको छ । स्याङ्जामा जन्मिएका मानन्धर हाल टोखामा बस्दै आएका छन् । यसअघि डिस मिडिया नेटवर्कको सीईओ रहेका उनी दुई दशकअघि बैंकिङ क्षेत्र प्रवेश गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update