News 24 Television
कांग्रेस सभापति गगनलाई नेविसंघ अध्यक्ष दुजाङको कटाक्षमिश्रित शुभकामना

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पार्टी सभापति गगन थापालाई कटाक्ष गरेका छन् । वैशाख ६ गते नेविसंघ स्थापना दिवसको अवसरमा उनले थापालाई ‘सम्माननीय’ भन्दै असन्तुष्टि व्यंग्यात्मक शैलीमा  व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका आदरणीय सभापती सम्माननीय गगन थापा ज्युलाइ आज वैशाख ६ नेपाल विध्यार्थी संघ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना । वीर शहिदहरू प्रति नमन,' उनले लेखेका छन् । 

सरकारले विद्यार्थी संगठनलाई विश्वविद्यालयमा निषेध गर्दा कांग्रेस नबोलेको, नेविसंघ  सिनेट बैठकले नेविसंघलाई स्वायत्त बनाउने गरि पठाएको सर्वसम्मत विधान कार्यान्वयन नगरेपछि अध्यक्ष शेर्पा असन्तुष्ट देखिएका हुन् ।

बालेन शाह नेतृत्वको सरकारले विद्यार्थी संगठनलाई विश्वविद्यालयमा निषेध गरेपनि कांग्रेस मौन छद । तर, शेर्पाले उक्त निर्णयलाई चुनौती दिँदै ‘बालेनलाई श्री ३' भन्दै उक्त निर्णयलाई चुनौती दिइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ०९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update