News 24 Television
राजन धरातल श्रेष्ठद्वारा लायन भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी घोषणा

काठमाडौं । राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६–२७ का लागि डिष्ट्रिक्ट ३२५ ‘ई’ को द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दिने भएका छन् । लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका चार्टर्ड प्रेसिडेन्टसमेत रहेका श्रेष्ठले “सामुदायिक सेवाका नेतृत्वकर्ता” का रूपमा आफ्नो सक्रियता विस्तार गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । 

लायनवादको सुदृढीकरणमा निरन्तर योगदान पुर्‍याउँदै आएका श्रेष्ठले डिस्ट्रिक्ट चेयरपर्सन, जोन चेयरपर्सन, GLT/GMT कोअर्डिनेटर तथा चिफ एरिया कोअर्डिनेटरजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । 

उनले लायन्स इन्टरनेशनलमार्फत DLLI, RLLI, ALLI देखि FDI  सम्मका उच्चस्तरीय तालिम प्राप्त गरेका छन् भने लायन्स युनिभर्सिटीबाट पीएचडीसम्मको अध्ययनसमेत पूरा  गरेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update