काठमाडौं । ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)को नयाँ कार्यसमिति चयनका लागि आगामी मे २४ मा निर्वाचन हुँदैछ । ग्यान्स सेन्टरमा हुने चुनावमा पदम ठकुरी नेतृत्वको प्यानल पनि निर्वाचनको मैदानमा उत्रिँदैछ ।

यो प्यानलबाट अध्यक्षमा पदम ठकुराठी, वरिष्ठ उपाध्यक्षमा विनोद साह, वरिष्ठ महिला उपाध्यक्षमा ज्ञानु के कोइराला, उपाध्यक्षमा बोधराज घिमिरे, महासचिवमा विष्णु पहाडी, सचिवमा प्रिन्स भट्ट, काेषाध्यक्षमा यात्री ओली लगायतको टिम रहेको छ । यो प्यानलले संस्थागत एकता, पारदर्शिता र सामाजिक जिम्मेवारीका निम्ति भन्दै ६ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ । बुँदाहरू यसप्रकार छन्-
१, विधान संशोधन गरी सबैको भावना समेटिएको “हाम्रो विधान” निर्माण गर्ने
२, संस्थाको आर्थिक आय–व्ययलाई गोपनीयतामा होइन, पूर्ण पारदर्शिता र जिम्मेवारीका साथ सञ्चालन गर्ने
३, सेप्टेम्बरमा बाहिर राखिएका ट्रस्टीहरूलाई सम्मानपूर्वक पुनः समावेश (Re-entry) गर्ने
४, सार्वजनिक शौचालय र पार्किङ स्थलको वृद्धि तथा विस्तार गर्ने
५, संस्था र मन्दिरमा अस्टिनबासीको सहभागिता, स्वामित्व र अपनत्व सुनिश्चित गर्ने
६, न निषेध, न प्रतिशोध— “हामी एक बनौँ” भन्ने भावनासहित अघि बढ्ने ।
यस प्यानलको घोषणाले समाजमा सकारात्मक सन्देश, एकताको भावना र नयाँ आशा जगाएको छ। परिवर्तन, पारदर्शिता र सहकार्य चाहने सम्पूर्ण समुदायका लागि यो टिम बलियो विकल्पका रूपमा अगाडि आएको देखिन्छ।
