काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी फुड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पोमा ३०० भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागि छन् । बुधबारदेखि सुरु भएको एक्स्पोमा खाद्य, पेय, होटल तथा आतिथ्य क्षेत्रका आधुनिक प्रविधि, उपकरण र सेवाहरू प्रदर्शनमा राखिएका छन् । बिहिवार एक्स्पोको दोस्रो दिन उल्लेख्य भीड देखिएको छ ।
फुड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६ काठमाण्डौको भृकुटीमण्डपमा जारी छ । ३०० भन्दा बढी कम्पनीहरूको सहभागितामा बुधबारदेखि शुरु भएको एक्स्पो बैशाख १२ गतेसम्म संचालन हुनेछ । एक्स्पोमा खाद्य तथा पेय पदार्थ, होटल तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित आधुनिक प्रविधि, उपकरण, उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखिएको छ ।
एक्स्पोको दोस्रो दिन बिहिवार भ्रमण गर्नहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल भारत लगायत तेस्रो मुलुकका विभिन्न कम्पनिको समेत एक्स्पोमा सहभागिता छ । एक्स्पोमा भ्रमण गर्नहरुले निकै सकारात्मा प्रतिक्रिया दिएका छन् ।
एक्स्पोले होटल, रेस्टुरेन्ट, क्याटरिङ तथा खुद्रा व्यापार क्षेत्रका व्यवसायीलाई एकै थलोमा ल्याएर नेटवर्क विस्तार, बजार प्रवद्र्धन र नवप्रवर्तनको जानकारी दिने लक्ष्य लिइएको छ ।
एक्स्पो आयोजकले यस एक्स्पोलाई आतिथ्य उद्योगको विकास र व्यवसाय विस्तारका लागि महत्वपूर्ण प्लेटफर्मको रूपमा लिएको छ ।
एक्स्पोमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उपस्थितिले व्यवसायिक अवसर विस्तार, नयाँ प्रविधिको आदान–प्रदान तथा उद्योगबीच सहकार्य मजबुत हुने अपेक्षा गरिएको छ ।
