सर्लाही । मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प शितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका हुन् । तर केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसीयु र भेन्टिलेटर लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । जसले गर्दा बिरामीको उपचारमा समस्या भएको छ ।
मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढ्न थालेको छ । गर्मी समयमा सर्प शितल ताप्न बाहिर निस्कने हुँदा सर्पदंश बढ्ने गर्दछ । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक ३÷४ जनासम्म सर्पले टोकेका बिरामीहरु उपचारका लागि आउने गरेका सर्पदंश उपचार केन्द्र नवलपुरले जनाएको छ ।
सर्पदंश उपचार केन्द्र नवलपुरमा गएको आर्थिक बर्ष २०८१\२०८२ मा ७२४ जना, २०८२\२०८३ साउनदेखि अहिलेसम्म ४९२ जना सर्पदंशका बिरामी उपचारका लागि आएको केन्द्रले जनाएको छ ।
वैशाख महिनाको १० गतेसम्म १२ जना बिरामीको उपचार गरिएको छ । केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसियु र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ ।
सर्पदंश उपचार केन्द्र, नवलपुर सर्लाहीमा पछिल्लो समय सर्पदंशको उपचारका लागि सर्लाही रौतहट, सिन्धूली, महोत्तरी लगायतका जिल्लाबाट बिरामी आउने गर्दछन् । चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा लागेपछि बाहिर निस्कने गर्नाले यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको उपचार केन्द्रले जनाएको छ ।
केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसियु र भेन्टिलेटर चलाउन सक्ने दक्ष जनशक्ति अभाबले भेन्टिलेटर चलाउन उपचार गनूपर्ने बिरामीलाई रिर्फर गर्नुपर्ने बाध्यता छ । आइसियु र भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा थन्क्याएर राखिएको छ ।
आइसियु र भेन्टिलेर सञ्चालन नहुँदा गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा खरिद भएको भेन्टिलेटर र आईसियु प्रयोग तथा व्यवस्थापनमा स्थानीय सरकार तथा सरोकारवाला निकाय मौन रहेको जिल्लाबासीको गुनासो छ ।
