नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका १५ वडा कार्यालयले वडा परिसरमा बस्ने लेखन्दासहरुलाई हटाएको छ । वडाले अहिले वडा सदस्य प्रयोग गरेर चार जना वडा सदस्यलाई हरेक हप्ता १ जनाले अनिवार्य जनतालाई सहजीकरण गर्ने निर्णय गरि कार्यान्वयन गरेको छ । जनप्रतिनिधिको यो निर्णयले सेवाग्राीलाई निकै सहज भएको छ ।
सरकारी कार्यालयमा सामान्य कुराको पनि अभिलेख राख्नका लागि निवेदन बुझाउनुपर्छ । सबै नागरिकलाई निवेदन लेख्न आउँदैन । आउनेले पनि सरकारी ढाँचामा मिलाएर लेख्न सक्छन् भन्ने छैन ।
अनी जानुपर्छ– सरकारी कार्यालय बाहिर थापिएका पसल वा कार्यालय वरीपरी घुम्ने लेखनदासकोमा । सवंसाधारणले उनीहरुले नै तोकेको शुल्क तिरेर काम गराउनुपर्ने हुन्छ । तर नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका १५ मा देखिने दृश्य भने फेरिएको छ । यहाँ अब सरकारी कामकाजका लागि बाहिरको पसलमा गएर निवेदन लेख्न लगाउन पर्दैन । अझ सामान्य फोटोकपीका लागि बाहिर गएर शुल्क तिर्नु पनि पर्दैन । त्यहाँ उक्त वडाका वडा सदस्यहरु नागरिकको सेवामा दैनिक हाजिर हुन्छन् । उनीहरुले नै निवेदन, परामर्श तथा आवश्यक कागजी प्रक्रिया पुरा गरिदिन्छन् ।
वडा कार्यालयमा आऊने सेवाग्राहीलाई फोटोकपी, निवेदन तथा सामान्य अनलाईनबाट हेर्न मिल्ने सेवाहरुलाई कुनै दस्तुर नलिई सेवा दिईरहेको छ । आफू रहिन्जेल यो कार्य निरन्तर लागू गर्ने वडाअध्यक्ष रुद्र बहादुर आले बताउँछन् ।
वडामा आएका सेवाग्राहीलाई आवश्यक निवेदन तथा सहजीकरण निःशुल्क गरि आएका सेवाग्राहीको निवेदन अनिवार्य त्यस दिन जिम्मा लिएको वडा सदस्यले गर्नुपर्नेछ ।
