News 24 Television
सुकुम्बासी बस्ती हटाउने अभियान तीब्रः दुई जनाले त्यागे प्राण, कारण के ?

काठमाडौं । शुक्रबार काठमाडौँ जिल्ला भित्रका नदि किनार तथा अनाधिकृत संरचनामा सरकारले डोजर चल्ने सूचना जारी थियो । तर, फितलो तयारी कारण बस्ती खाली गराउने अभियान पूर्णस्तरमा भने सञ्चालन हुन सकेन्। बल्खु, वंशीघाट, टुँडालदेबी लगायत क्षेत्रका संरचना भने खाली भएका छन् । बस्ती खाली गराइए पनि वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थानमा भने सरकारी तयारी पुगेको छैन्। अझं बल्खुस्थित सुकुम्बासी बस्तीका एक जनाको निधनले तरङ्ग पैदा गरिदिएको छ। 

महलमा बसेर गरिब र निमुँखाको बासस्थान नै उजाड पारिदिएको भन्द्रै प्रधानमन्त्री वालेन्द्र शाह “वालेन”को आलोचना भइरहेको छ । आलोचनाकै विच शुक्रबार काठमाडौँका सबै सुकुम्बासी बस्ती र अनाधिकृत संरचना खाली गर्न सरकार तम्सियो । 

त्यहि अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुचना पनि जारी ग¥यो । तर परिमाणतहः सरकारको तयारीले फेल खायो । बल्खु, वंशीघाट, टुँडालदेवी, शंखमुल, बालाजु, कालिमाटीसहितका क्षेत्रमा मात्रै डोजर चल्यो । त्यो पनि अव्यवस्थित र अपरिपक्क तवरले । 

सुकुम्बासी बस्तीमा दुई जनाको मृत्यु

देशभर डोजर अभियान चलाएर वाहवाह कमाएका प्रधानमन्त्री शाह सरकारको डोजर आतंकले सुकुम्बासी नागरिक हैरान बनेका छन् । डोजर मार्फत हटाइएको बल्खु सुकुम्बासी नजिकै ६१ बर्षीय इन्द्रबहादुर राई मृत भेटिए । उनी सोही बस्तीमा बस्दै आएका नागरिक हुन् । आफ्नो बस्ने थातथलो उजाडिए पछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । 

प्रहरी घटनाको शुक्ष्म अध्यन गरिरहेको जानकारी दिएको छ । उता, थापाथली सुकुम्बासी बस्तीमा एक १७ बर्षीय युवकले आत्मदाह गरेको घटना बाहिरिएको छ । यी दुबै घटनाले एकखाले सन्नाटा नै छाएको देखिन्छ। दुबै जनाको घटनाबारे वास्तविक कारण खुल्दै जाला तर यो विषयमा सरकारमाथि प्रश्नको विषय भने बनेको छ ।

गुम्बामा डोजर 

बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउँदा चर्चामा छ, गुम्बा भत्काइएको विषय। बुद्ध जन्मजयन्तीकै दिन गुम्बामा डोजर चलेपछि यो विषय पनि राष्ट्रिय स्तरमै चर्चामा छ। अनाधिकृत संरचना हटाउने अभियानमार्फत गुम्बा हटाइएपनि गुम्बामा रहेका महत्वपूर्ण सामाग्री भने महानगर प्रहरीले सुरक्षित राखेको बताइएको छ ।

सरकारले सुकुम्बासी बस्ने अनाधिकृत बस्ती हटाइरहेको छ। डोजर लगाएर बस्ती खालि गराउदा कोहि बेहोस भइरहेका छन त कोहि सरकारले व्यवस्था मिलाउला भन्ने आशामा देखिन्छन्। विद्यालय शुरु भएपनि के गर्ने भन्ने ठेगान नभएकोदेखि सुकुम्बासी क्षेत्रबाट उद्दार गरिएकाहरुको क्रन्दन छरपष्ट बनिरहेको छ। सरकारले पर्याप्त पूर्वतयारी नगरि बस्ती खाली गर्न खोज्दा समस्या देखिएपनि दिर्घकालीन समस्या समाधान कसरी होला भन्ने चासो बढेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update