News 24 Television
अस्पताललाई मैत्रीपुर्ण व्यबहार बनाउन भक्तपुर क्यान्सर अस्पतालको अभियान

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले अस्पताललाई मैत्रीपुर्ण व्यवहार बनाउन अभियान सुरु गरेको छ । अस्पतालमा आउने बिरामी र अस्पतालका प्रसानिक कर्मचारी, डाक्टर, स्टाफ नर्स लगायत बिचको सम्बन्ध सुमधर बनाउन यो अभियान शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले बताए ।

भक्तपुर क्यान्सर अस्पतालमा पहिलो पटक प्रसानिक कर्मचारी र सेवाग्राही सङ्गको वार्तालाप, अन्तरक्रिया गरि सो अभियान सुरु गरिएको पनि कार्यकारी निर्देशक डा. चालिसेले जानकारी दिए।

talim-2-1779093469.jpg
सेवाग्राहीहरु अस्पताल आउने क्रममै कसरी बिरामी सङको सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ, कसरी प्रभावकारी कार्यसम्पादन गर्न प्रसानिक कर्मचारी संग जोडिने भएकोले पहिलो पटक उनिहरु सङ्ग नै सो विषयमा प्रशिक्षण दिएको हो ।

बिरामी र आफन्त आपत परेर अस्पताल आउने हुँदा अस्पताल कर्मचारी चाहि सधैं उक्त स्थानमा बसेर सेवा दिईरहने कारण सेवाग्राहीकै मानसिक अवस्थालाई आत्मसात गरि उहाँहरु सन्तुष्ट हुने गरि कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयम अन्तरक्रिया र प्रशिक्षण दिइएको हो।

अब अर्को पटक अस्पतालमा कार्यरत डक्टर नर्स लगायतलाई प्रशिक्षण दिइने पनि कार्यकारी निर्देशक चालिसे ले बताए ।

बिरामी र कर्मचारीबिच कसरी मैत्रीपुर्ण व्यबहार बनाउने भन्ने बिसयको अभियान सबैजना सहभागीले  प्रभावकारी भएको र यसलाई निरन्तरता दिइ प्रभाबकारिका साथ अगाडि बढाउनु पर्ने प्रतिकृया दिएका थिए। यो अभियानले सेवा लिन आउने बिरामी तथा आफन्त लाई धेरै सन्तुष्ट मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update