News 24 Television
चन्द्र ढकालका भाई व्याकः वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधानको जित

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन सम्पन्न भएको छ। निर्वाचनले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा  मनीषलाल प्रधान निर्वाचित बनेका छन्। उद्योग बाणिज्य महासंघको चुनाव भने रोचक बन्न पुगेको छ। 

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान थियो। तर, पछिल्लो समय यसलाई फेरबदल गरिएपछि अबको वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्न भने पाउनेछैनन् । तर, शुरुमा केहि अनुहारहरुले उम्मेदवारी दिने भनेपनि अन्तिममा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, सुरकृष्ण वैद्य भिड्न पुगे। 

उसोतः वरिष्ठ उपाध्यक्षमा आइएमई ग्रुपका हेमराज ढकालले पनि उम्मेदवारी दिएका थिए। अन्तिममा उनले पनि संघाईलाई समर्थन गर्न पुगे। यसरी ढकालले समर्थन गर्दा समेत वैद्यले निर्वाचनमा जित निकालेका हुन्। महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। वैद्यका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरे। 

उसोतः हेमराज ढकाल संघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालका भाई समेत हुन्। वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि स्वतः अध्यक्ष बनेका ढकालले यसपटक भाइलाई चुनाव भने जिताउन सकेनन्। यस्तै, कोषाध्यक्षमा पनि मनिषलाल प्रधानले अम्बिकाप्रसाद पौडेललाई पराजित गरेका छन्। प्रधानले ६१ मत प्राप्त गर्दा पौडेलले जम्मा २५ मत प्राप्त गरे ।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update