News 24 Television
नेपालमा सि जिनपिङको ग्लोबल साउथ र चिनियाँ शासन प्रणालीको चर्चा

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धतिबारे काठमाडौंमा विचार मन्थन भएको छ । 

फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरुले धारणा राखेका थिए । 

 कार्यक्रममा राष्ट्रपति सी को विश्वव्यापी शासन पद्वती र पहल,  यसको प्रभाव र भर्खरै वदलिएको विश्व शक्ति संतुलन वारेमा वक्ताहरुले धारणा राखेका थिए । 

13-1779518586.jpg
क्लाउडका अध्यक्ष शोभित उप्रेती, अर्थशास्त्री डा. सुदन ओली, क्लाउडकी कार्यक्रम संयोजक मनिषा श्रेष्ठ,  भुटानका पूर्व मन्त्री कर्मा दोर्जी, बंगलादेशका नेता. डा. बेलाल होसिन, भारतकि विदेश मामिला विज्ञ एवम प्राध्यापक डा. रेणु रानाले धारणाले राखेका थिए ।

राष्ट्रपति सी ले “ग्लोबल साउथ” (विकासशील तथा उदाउँदा राष्ट्रहरूको समूह)लाई विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण शक्ति भनेर वर्णन गर्दै आएका छन्।

22-1779518604.jpg
ग्लोबल साउथ विश्व शान्ति कायम गर्ने, साझा विकास अगाडि बढाउने र अन्तर्राष्ट्रिय व्यवस्थामा सुधार ल्याउने महत्वपूर्ण शक्ति हो।

विकासशील देशहरूले आफ्नै आवाज बलियो बनाउनुपर्छ र विश्व शासन प्रणालीमा समान अधिकार पाउनुपर्छ भन्ने कुरालाई यसले जोड दिएको छ। 

कुनै पनि देशलाई विकासको अधिकारबाट वञ्चित गरिनु हुँदैन, सबै राष्ट्रले समान अवसर पाउनुपर्छ भन्ने धारणा छ । यो  अवधारणाले  चीन सधैं ग्लोबल साउथका देशहरूसँग एकताबद्ध भएर विकास, पूर्वाधार, प्रविधि र गरिबी न्यूनीकरणमा सहकार्य गर्न तयार रहेको जनाउँछ। यस्तै, बहुध्रुवीय विश्व (Multipolar World) र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था निर्माणमा ग्लोबल साउथको भूमिका निर्णायक हुने मानिएको छ

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update