पत्रकार जगन्नाथ दुलाल सम्मानित
सिन्धुपाल्चोक । न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले साधारणसभाको अवसर पारेर पत्रकार दुलाललाई सम्मानसहित पुरस्कृत गरेको हो । दुलालले यसअघि राष्ट्रपतिबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।

संसदीय मामला र अदालत रिपोर्टिङ राख्ने पत्रकार दुलालले कारोबार दैनिक, बाह्रखरी डट का, माउन्टेन टेलिभिजन, हिमालय टेलिभिजनमा वरिष्ठ संवाददाताका रूपमा काम गरिसकेका छन् । हाल उनी न्यूज २४ दैनिका राजनीति ब्यूरोमा वरिष्ठ संवाददाता र न्यूज २४ टेलिभिजनमा २४ टक नामक टक शोका सञ्चालन हुन् । दुलाल मेलम्ची बाढीका बेला आफ्नै घरजग्गा खोलाले बगाइरहेका बेला लाइभ रिपोर्टिङ गर्न पुगेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३ १५:२७
प्रतिक्रिया दिनुहोस्
