News 24 Television
वैदेशिक रोजगार व्यवसाय संघको तृतीय उपाध्यक्षमा कृष्ण ढकालको उम्मेदवारी घोषणा

काठमाडौं। स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट वैदेशिक रोजगार व्यवसाय संघको आगामी निर्वाचनका लागि तृतीय उपाध्यक्ष पदमा कृष्ण ढकालले उम्मेदवारी घोषणा गरेका छन्।

संघका सदस्यसमेत रहेका ढकालले व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार, पारदर्शी तथा उत्तरदायी नेतृत्वको विकास र संस्थागत सुदृढीकरणलाई मुख्य एजेण्डा बनाउँदै आफ्नो प्रतिबद्धतापत्र (बाचापत्र) सार्वजनिक गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै ढकालले वैदेशिक रोजगार क्षेत्र पछिल्लो समय विभिन्न चुनौती र समस्याबाट प्रभावित भइरहेको उल्लेख गरे। व्यवसायीहरूको सम्मान, पेशागत सुरक्षा तथा वैदेशिक रोजगार क्षेत्रको दिगो विकासका लागि आफू दृढतापूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

lala-1780732988.jpg
उनले व्यवसायीमैत्री नीति निर्माण, व्यवसायीहरूको साझा समस्याको समाधान, संस्थागत एकता तथा संघको गरिमालाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित उम्मेदवारी दिएको बताए।

ढकालले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरूलाई आफ्नो उम्मेदवारीलाई समर्थन गरी क्षेत्रको सुधार र व्यवसायीहरूको अधिकार संरक्षणको अभियानमा साथ दिन आग्रह गरेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update