News 24 Television
पूर्वशिक्षक गोकुललाल श्रेष्ठ रोटरीबाट सम्मानित

हेटौँडा । रोटरी क्लब अफ हेटौँडाले पूर्वशिक्षक गोकुललाल श्रेष्ठलाई एक लाख नगदसहित सम्मान गरेको छ। श्रेष्ठलाई स्वर्गीय प्रजा राज वैद्य उत्कृष्ट व्यावसायिक सम्मान प्रदान गरेको हो । क्लबले हरेक वर्ष आफ्नो पेशा तथा व्यावसायिक जीवनमा प्रशंसनीय काम गरेका व्यक्तित्वलाई सम्मान गर्ने गरेको छ । 

हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा ३५ वर्ष सेवा गरेका श्रेष्ठलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे र स्वर्गीय प्रजा राज वैद्यकी श्रीमती रुद्र कुमारी वैद्य, रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले सम्मान गरेका थिए । 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update