News 24 Television
प्रेस स्वतन्त्रता र मिडियामाथिको आर्थिक नाकाबन्दीविरुद्ध दोलखाका पत्रकारहरू आन्दोलित, जिल्ला प्रशासन कार्यालयमा धर्ना

दोलखा । सरकारले निजी तथा सामुदायिक सञ्चारमाध्यमहरूलाई विभेद गर्ने गरी ल्याएको विज्ञापन नीति र प्रेस स्वतन्त्रता विरोधी गतिविधिको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले आज जिल्ला प्रशासन कार्यालय दोलखा अगाडि एक घण्टा दबाबमूलक धर्ना दिएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित देशव्यापी आन्दोलनको कार्यक्रम अनुसार दोलखाका पत्रकारहरूले आज बिहान ११ बजेदेखि १२ बजेसम्म ब्यानर सहित धर्ना दिएका हुन्। 

धर्नामा सहभागी पत्रकारहरूले ‘प्रेसमाथि सरकारको आर्थिक नाकाबन्दी खारेज गरु र ुप्रेस स्वतन्त्रताको रक्षा गर’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए। चरणबद्ध आन्दोलन र यस अघिका कार्यक्रमहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै तहका सरकारी विज्ञापन र सूचनाहरू निजी एवं सामुदायिक मिडियालाई नदिने गरी गरेको विभेदकारी परिपत्रविरुद्ध पत्रकार महासंघ विगत केही समयदेखि निरन्तर आन्दोलनमा छ। 

dharna-2-1781080622.jpg
यसअघि दबाबमूलक अभियान अन्तर्गत महासंघले जेठ २५ गते देशैभर संकलन गरेको पत्रकारहरूको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको थियो। त्यसैगरी, महासंघका प्रदेश समितिहरूले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूलाई भेटी संघीय सरकारको उक्त विभेदकारी निर्णय प्रदेश तहमा कार्यान्वयन नगर्न दबाब दिँदै ध्यानाकर्षण पत्र बुझाइसकेका छन्।

असार ५ गतेसम्म थप आन्दोलनका कार्यक्रमसरकारी विज्ञापन र सूचनाहरूबाट निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई वञ्चित गर्ने सरकारको स्वेच्छाचारी परिपत्र तत्काल खारेज नभए आन्दोलनलाई थप सशक्त बनाउने नेपाल पत्रकार महासंघ दोलखा शाखाले चेतावनी दिएको छ। 

महासंघले सरकारको मिडिया विरोधी नीतिका विरुद्ध असार ५ गतेसम्मका लागि थप आन्दोलनका कार्यक्रम तय गरेको छ । 

जस अन्तर्गत जेठ २९ गते देशैभरका जिल्ला प्रशासन कार्यालयहरूमा बिहान ११ देखि १२ बजेसम्म एक घण्टा पुनः धर्ना दिइने, असार १ र ३ गते महासंघको प्रदेश समितिको अगुवाइमा देशैभरका मुख्यमन्त्री कार्यालयहरूमा धर्ना दिइने, असार ५ गते केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा सञ्चार क्षेत्रका विभिन्न पेसागत सङ्गठन र सरोकारवालाहरूको सहभागितामा वृहत् ऐक्यबद्धता र्‍याली आयोजना गरिनेछन् । 

सञ्चार क्षेत्र चरम आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा राज्यले सञ्चारमाध्यमको घाँटी निमोठ्ने गरी चालेको कदम नसच्चिएसम्म आन्दोलन नरोकिने दोलखाका पत्रकारहरूले बताएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update