दोलखामा दिनभर धार्मिक परिक्रमा, रातभर लाखे नाच !
सोमबार, भदौ १, २०८३
स्तनपान प्रवद्र्धनमा जोड, दोलखामा स्वास्थ्य सचेतना
शुक्रबार, साउन २२, २०८३
जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी कार्यहरूको सुदृढीकरण“ भन्ने नारासहित दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित माटी स्वास्थ्य चौकीमा विश्व स्तनपान सप्ताह–२०२६ मनाइएको छ । कार्यक्रममा गर्भवती तथा सुत्केरी आमाहरूलाई स्वास्थ्य सेवा, पोषण सामग्री वितरण तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गरिएको छ ।
उजाड पाखामा चिया खेती, गाउँमै रोजगारी
शुक्रबार, साउन ८, २०८३
दोलखाको कालिञ्चोक गाउँपालिका–४ सुन्द्रावतीमा व्यावसायिक चिया खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । बाँझो जमिन हरियो चिया बगानमा रूपान्तरण भएपछि महिला, ज्येष्ठ नागरिक र युवाले दैनिक १८ सय रुपैयाँसम्म आम्दानी गर्दै स्थानीय आर्थिक गतिविधिमा उल्लेख्य टेवा पु¥याएका छन् ।
दोलखाको अनौठो रोपाइँ परम्परा संकटमा, हराउँदै तान्त्रिक संस्कृति
शुक्रबार, असार २६, २०८३
दोलखाको भीमेश्वर नगरपालिका–२ मा रहेको ऐतिहासिक ’नितपुल खेत’मा हुने तान्त्रिक रोपाइँ अहिले संरक्षणको पर्खाइमा छ । कुनै समय धार्मिक विधि, तान्त्रिक परम्परा र सामूहिक सहभागिताको केन्द्र बनेको यो खेतमा अहिले अधिकांश परम्परा हराउँदै गएका छन्।
पर्याप्त पानी नपर्दा हुन सकेन रोपाई, दोलखाका किसान चिन्तित
बिहीबार, असार ११, २०८३
असार महिना लागेसँगै देशभर धान रोपाइँको चटारो बढिरहेको छ। तर, पानीको मुख्य स्रोत वर्षा र प्राकृतिक मुहानमा निर्भर दोलखाका अधिकांश किसान यो वर्ष समयमै रोपाइँ गर्न नसक्ने अवस्थामा पुगेका छन्। मौसमविद्हरूले पर्याप्त वर्षाको पूर्वानुमान गरे पनि खेतसम्म पानी नपुग्दा किसान चिन्तित बनेका छन् ।
१५ वर्षमा बनेको सडक भत्किन्छ हरेक वर्ष
बिहीबार, जेठ २८, २०८३
दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने दोलखा–नागदह सडकखण्डको काम सुस्त गतिमा अगाडी बढेको छ । दशकौँदेखि सडकको समस्या झेलिरहेका स्थानीय अहिले फेरि सुरु भएको नयाँ योजनाले वास्तविक सुधार ल्याउला कि विगतकै जस्तो असारे विकासमा सीमित होला भन्ने चिन्तामा छन्।
प्रेस स्वतन्त्रता र मिडियामाथिको आर्थिक नाकाबन्दीविरुद्ध दोलखाका पत्रकारहरू आन्दोलित, जिल्ला प्रशासन कार्यालयमा धर्ना
बुधबार, जेठ २७, २०८३
सरकारले निजी तथा सामुदायिक सञ्चारमाध्यमहरूलाई विभेद गर्ने गरी ल्याएको विज्ञापन नीति र प्रेस स्वतन्त्रता विरोधी गतिविधिको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले आज जिल्ला प्रशासन कार्यालय दोलखा अगाडि एक घण्टा दबाबमूलक धर्ना दिएको छ।
२० वर्षको प्रयास सफल, दोलखाको बज्रयोगिनी (जोगिनदेउ) मन्दिरको जीर्णोद्धार सुरु
शुक्रबार, चैत २७, २०८२
सधैं बुथ कब्जा हुने दोलखामा सुरक्षा सतर्कता कस्तो ?
बुधबार, फागुन १३, २०८२
दोलखामा निर्वाचन भन्नासाथ बुथ कब्जा र गोली चल्ने घटनाको स्मरण हुन्छ । चुनावका वेला यस्ता घटना दोहोरिनु त्यहाका स्थानीयलाई सामान्य जस्तै लाग्छ । २०४७ सालपछि तथा गणतन्त्रपछिको निर्वाचनसम्म आइपुग्दा दोलखामा गोली नचलेको र बुथ कब्जा नभएको निर्वाचन दुर्लभ जस्तै बनेको छ । तर यसपटक भने प्रशासन र निर्वाचन कार्यालयले सुरक्षाको...


