News 24 Television
सहारा खोज्दै दलबहादुर दमाईको परिवार, कठिन बन्दै जीवनस्तर

बाजुरा  । बाजुराको हिमाली गाउँपालिका वडा ५ रूगिन बस्ने वर्ष ५५का दलबहादुर दमाई विगत १५ वर्ष देखि रिथि राजाको गोठमा बस्दै आएका छन् । 

दलबहादुरको परिवारले गाउँमा पुख्र्यौलीदेखि रिथिराजाको खेतवारीमा काम गर्दै आएका हुन । जन्मजात शारीरिक अपांग भएका दलबहादुरका आमाबुवाको मृत्युपछि उनको अवस्था नाजुक बन्दै गएको छ । 

जन्मजात शारीरिक अपांग भएका दलबहादुर दमाईका आमाबुवाको मृत्युपछि उनको अवस्था विचल्लीमा परेको छ । दलबहादुर आमा र बुवाको सहारामा बसेका थिए । दलबहादुरका आमाबुवाले आफ्नो सन्तती जोगाउनका लागि गाउँमै एक जन्मजात मानसिक अपांग भएकी पन्छु दमाईसंग विहेबारी गराइ दिएका थिए। 

विहे गरेको  केहि वर्षमै दलबहादुरले आमा र बुवा गुमाए । आमा र बुवाको सहारामा बसेका दलबहादुरका श्रीमानश्रीमती आमाबुवा गुमाएपछि सहाराविहिन भए । 

दलबहादुर र उनको श्रीमती पन्छु दमाईबाट दुई छोरीको जन्मभयो आमा बुवाको मृत्युपछि जन्मजात शरिरिक अपांग भएका श्रीमान र श्रीमती पन्छुको सहारा भनेकै उनका नाबालिका दुई छोरी थिए । वर्ष १० कि जेठि छोरी  ममताको पनि कोवाडी खोलामा पानी ल्याउन जाने क्रममा दुई वर्ष अगाडि बगेर मृत्यु भयो । 

बुढा आमाबुवा र नाबालिका छोरीको मृत्यु पछि ७ वर्षीय इसरी दमाईको सहारामा छन्।  जन्मजात अपांग दम्पतीको जग्गा जमिन केही छैन । गाउँमा रिथिराजाको काम गर्दै आफ्नो र परिवारको जिविकोपार्जन गर्दै आएका परिवारका लागि श्रीमान श्रीमती जन्मजात अपांग भएपछि अहिले उनिहरू बिचल्लीमा परेका छन । 

दलबहादुर दमाईको ख वर्गको अपांग परिचयपत्र बनेको छ भने उनकी श्रीमती पन्छु दमाईको हालसम्म नागरिता ने बनेको छैन ।‎ अपांग दम्पतीका न त बस्ने बास छ न त  खाने गाँस नै उनीहरुको जीवन निकै कष्टकर बनेको छ । विगत १५ वर्ष देखि रूगिन गाउँका पर्बल बुढा थापाको घरको गोठमा बस्दै आएका थिए । पर्बल बुढा थापाको घर गत साउन २८ गते साझ कवाडी खोलामा आएको  बाढिले घर भत्काएपछि उनीहरू त्यहाँबाट पनि विस्थापित भएका छन । 

दलबहादुर दमाई जन्मजात अपांग हुन भने उनको श्रीमती जन्मजात मानसिक रुपमा अपांग  छिन् । यस्तो अवस्थामा रहेका दलबहादुरका परिवारका लागि कोही सहयोगी मनकारी भावना भएकाहरूले सहयोग गरिदिने आशामा छन् ।

उनकी ७ वर्षिय छोरिलाइ पठनपाठनका लागि दिर्घकालिन ब्यवस्था गरिदिने र तत्काल बस्नका लागि सानो घरको टहरा निर्माणका लागि मनकारी भावना भएकासंग स्थानीयवासीको अनुरोध गरेका छन् । 

दलबहादुर दमाइ र उनको श्रीमती पन्छु दमाइ राम्रोसंग बैल््ने सक्दैनन । दलबहादुर अरूकै गोठमा बस्दै जीवन निर्वाह गरिरहेका छन् । गाउँपालिकाबाट कहिलेकाही खाद्यान्न त सहयोग गर्ने गरेको छ तर उनको परिवारको लागी २, ४ सहयोग गरेर मात्र गुजारा चलाउन गाह्रो भएको छ । 

लामो समयदेखि यसरी भौतारिदै भोकभोकै  यो परिवार गाउँलेहरुको गोठमा अलपत्र अवस्थामा जीवन जिइरहदा पनि सरकार बेखवर छ ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update