काठमाडौं । क्रान्तिकारी प्रेस संगठनको संयोजकमा पत्रकार नारायण पंगेनी निर्वाचित भएका छन् । शनिबार ललितपुरमा सम्पन्न संगठनको तेस्रो राष्ट्रिय भेलाले पत्रकार पंगेनीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्वाचित गरेको छ । जसमा १० सदस्य भने पछि थपिने जनाइएको छ ।
भेलाले संयोजकमा नारायण पंगेनीसहित सदस्यहरुमा गोविन्द काफ्ले, अनु निरौला, मनु विक, सागर श्रेष्ठ, प्रेम कडेल, दामोदर खनाल, कुमार भट्टराई, धनन्जय अवस्थि, रवि पाण्डे, झनक श्रेष्ठ, टेकहिर न्यौपाने, विष्णु शर्मा,विष्णु आले, ईश्वरी प्रसाद गैरे, बुद्धिराम गैरे, शोभा नेपाली राना, नहकुल चौलागाई, अमीरमैया रञ्जित, अर्पणा श्रेष्ठ, दिलिप थापालाई निर्वाचित गरेको हो ।

उद्घाटन सत्र समापन लगत्तै सुरु भएको बन्द सत्रले संयोजक पंगेनीले प्रस्तुत गरेको प्रतिवेदन र संगठनका पूर्व अध्यक्ष इन्द्र राउतले प्रस्तुत गरेको विधानमाथि व्यापक छलफल पश्चात सर्वसम्मत रुपमा पारित गरेको थियो ।
