News 24 Television
नक्कली पाइप बनाएर लुट मच्चाइरहेका पक्राउ

सिरहा । प्रतिष्ठित कम्पनी मार्वलको नाम र ट्रेड मार्क प्रयोग गरि नक्कली बोरवेल प्लाष्टिकको पाइप उत्पादनगरि बिक्री गरिरहेको खुलेको छ । करिब तीन वर्ष बढी समयदेखि मार्वल कम्पनीको लोगो र नाम राखेर पाइप बिक्री गर्दै आइरहेको पाइएको हो । 

मार्वल कम्पनीको नाममा बजारमा नक्कली पाइप बिक्री–वितरण भइरहेको सुचनाको आधारमा सिराहा प्रहरीले गोलबजारबाट एउटा ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ । 

एउटा चर्चित कम्पनिको नाम र लोगोको प्रयोग गरी नक्कली पाइप बनाएर बजारमा बिक्रिवितरण गर्दा यसबाट वास्तविक पाइप उत्पादक कम्पनीलाई मात्रै नभई राज्यलाई समेत ठूलो नोक्सानी भइरहेको थियो । सिरहाका विभिन्न हार्डवेयरहरुमा मार्भल कम्पनीको नाममा बजारमा नक्कली पाइप खुलारुपमै बिक्री–वितरण भइरहेको छ । 

चर्चित कम्पनिको नाम र लोगोको प्रयोग गरी नक्कली पाइप बनाएर बजारमा बिक्रिवितरण गरेको सूचनाकै आधारमा प्रहरीले गोलबजारबाट एउटा ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको हो । यसभन्दा अघिपनि सिराहा नगरपालिका–१७ स्थित नायक हार्डवेयरबाट नक्कली पाइप बरामद गरिएको समाचार बाहिर आएको थियो । तर त्यस घटनाको अन्तिम कानुनी अवस्था सार्वजनिक नहँुदै, नक्कली नाममा उत्पादन गरि बिक्रीवितरणको लागि बजार पठाउदै गरेको यो दोस्रो घटना हो ।

यतिबेला दुवै घटनालाई जोडेर स्थानीय तहमा विभिन्न प्रश्नहरु उठिरहेका छन् । यद्यपि, आर्थिक लेनदेन वा मिलेमतो भएको भन्ने दाबी हाल स्वतन्त्र रूपमा पुष्टि भएको छैन र त्यसको निष्कर्ष अनुसन्धानबाट मात्र निकाल्न सकिन्छ । जिल्ला प्रहरी कार्यालयले एक व्यक्ति पक्राउ पछि निकालेको विज्ञप्ति यस्तो छ ।   

यस बिषयमा समाचार संकलन गर्न न्युज २४ टेलिभिजनका सिराहा सम्बाददाता दिलिप सहनी इलाका प्रहरी कार्यालय गोलबजार पुग्दा प्रहरी कार्यालय हाता भित्रै सादा पोशाकमा रहेका एक प्रहरीले हस्तक्षेप गर्दै पत्रकारलाई धकेल्ने, माइक र मोबाइल खोस्नुका साथै  समाचार बनाउन लिखित अनुमति छ ? भन्दै अशिष्ट व्यवहार गरेका थिए । 

यस्तो संबेदनशील बिषयमा सम्बन्धित निकायले तत्कालै गहन अनुसन्धान गरि गलत काम गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्छ । सिराहाको गोलबजारमा भएको यो घटना त एउटा उदाहरण मात्र हो । वर्तमान अवस्थामा उद्योग कलकारखाना संचालन गर्न ठुलो चुनौती बनिरहेको बेला, यसरी नक्कली नाम र लोगोको प्रयोग गरी नक्कली बस्तु उत्पादन गरेर बजारमा बिक्रि वितरण गर्नु गैरकानुनी काम हो । 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update