News 24 Television
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एफको प्रथम क्याबिनेट मिटिङ तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न

लायन्स इन्टरनेसनल एमडी ३२५ अन्तर्गत डिष्ट्रिक्ट ३२५ एफ, नेपाल (लायन वर्ष २०२६–२०२७) को प्रथम डिष्ट्रिक्ट क्याबिनेट मिटिङ तथा क्याबिनेट अफिसर्स इन्स्टलेसन कार्यक्रम आइतवार सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर लायन अजय प्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त क्याबिनेट मिटिङमा डिष्ट्रिक्ट भरिका लायन्स लिडरहरू, क्लब पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक एवं उल्लेखनीय सहभागिता रहेको थियो । बैठकमा लायन्स इन्टरनेसनलको मूल मन्त्र हामी सेवा गर्छौलाई आत्मसात गर्दै चालू लायन वर्षका रणनीतिक योजनाहरू, सेवा गतिविधि, नेतृत्व विकास तथा संगठन सुदृढीकरणका विषयमा गहन र रचनात्मक छलफल गरिएको थियो । 

dis-2-1785738882.png

विशेषगरी, लायन्स इन्टरनेसनलको ग्लोबल कज अन्तर्गतका मुख्य क्षेत्रहरू मधुमेह, दृष्टि, भोक निवारण, पर्यावरण, बाल क्यान्सर, मानवीय कार्य, विपद् राहत र युवा जस्ता विश्वव्यापी प्राथमिकताका कार्यक्रमहरू लगायत डिष्ट्रिक्ट गभर्नरका प्रायोरिटी प्रोजेक्ट तथा मानवीय सेवामूलक अभियानहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने, सदस्यता अभिवृद्धि गर्ने तथा क्लबहरूको सक्रियता र क्षमता विकास बढाउने विषयमा महत्वपूर्ण निर्णयहरू समेत गरिएको छ ।

सोही अवसरमा उपस्थित विशिष्ट नेतृत्वको समुपस्थितिमा नयाँ क्याबिनेट टिमको औपचारिक इन्स्टलेसन (शपथ ग्रहण तथा पदस्थापना) सम्पन्न गरिएको थियो । नवगठित क्याबिनेट टिमले जिम्मेवारी ग्रहण गर्दै आगामी कार्यकालमा समाजमा प्रभावकारी सेवा तथा सबल नेतृत्व प्रदान गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । 

यस कार्यक्रमलाई भक्तपुर दिबेश्वरी लायन्स क्लबले आतिथ्यता तथा व्यवस्थापकीय सहयोग प्रदान गरेको थियो । उक्त भव्य कार्यक्रमले सम्पूर्ण लायन्स सदस्यहरूमा सेवाभाव, आपसी एकता र समर्पणको भावना अभिवृद्धि गर्दै समाजसेवामा अझ सक्रिय, उर्जावान र प्रभावकारी रूपमा अघि बढ्न ठूलो प्रेरणा दिएको आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update