काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रोटरी क्लब अफ गोंगबु र रोट्रयाक्ट क्लब अफ गोंगबु नर्थको संयुक्त आयोजनामा गरिएको तारकेश्वर–६ स्थित महांकाल मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार बिहान ७ः३० बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा ३५ जना रोटेरियन तथा रोट्रयाक्ट सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै फोहोर व्यवस्थापन र स्वच्छ वातावरण निर्माणसम्बन्धी जनचेतना फैलाएका छन् ।
कार्यक्रमले सार्वजनिक स्थलको स्वच्छता कायम राख्नुका साथै युवाहरूलाई सामाजिक सेवामा सक्रिय रूपमा सहभागी गराउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

रोटरीको Create Lasting Impact भन्ने मूल भावनाअनुसार आयोजित कार्यक्रममा सहभागीहरूले समुदायको विकास र वातावरण संरक्षणका लागि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
रोटरी क्लब अफ गोंगबु र रोट्रयाक्ट क्लब अफ गोंगबु नर्थले आगामी दिनमा पनि समुदाय केन्द्रित विभिन्न सामाजिक तथा वातावरणीय कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
