News 24 Television
नाडामा मुख्य आकषर्ण यात्री स्कुटर पी–२

काठमाडौं । नाडा अटो शो १८ औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । ५३ ब्रान्ड सहभागी प्रदर्शनीमा नयाँ विद्युतीय तथा पेट्रोलियम सवारीसाधनसँगै नेपालमै उत्पादन भएका अटोमोबाइल सामग्रीलाई प्राथमिकता दिइएको छ । मेड इन नेपाल र मेड फर नेपाल प्याभिलियनमा नेपाली उत्पादन र प्रविधि विशेष आकर्षण बनेका छन् । 

काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ । मंगलवार उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेको प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधनसहित ५३ ब्रान्ड सहभागी छन् । डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन हुँदैछन् । यसपटकको शोको विशेष आकर्षण मेड इन नेपाल, मेड फर नेपाल प्याभिलियन हो । 

नाडाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको प्रदर्शनीमा नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता दिइएको छ । करिब आठ नेपाली उत्पादक नाडा प्रदर्शनीमा सहभागी छन् । यात्रीको विद्युतीय स्कुटर पी–टु, एसियन वायरिङ, कोहिनुर प्लास्टिक, नेपाल ल्युब आयल, पूर्वाञ्चल ल्युब आयललगायतका उत्पादन प्रदर्शनीमा छन् ।

कार तथा चारपांग्रे

प्यासेन्जर कारतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायत ब्रान्ड सहभागी छन् । विद्युतीय कारका नयाँ मोडल र प्रविधि यस क्षेत्रको मुख्य आकर्षण बनेका छन् । लाइट कमर्सियलतर्फ फोटोन, सोकोन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल, डीएफएसके, डोङफेङलगायतका ब्रान्ड छन् ।

बाइक तथा स्कुटर

दुईपांग्रेतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायत ब्रान्ड सहभागी छन् । 

विशेषगरी नेपाली ब्रान्ड यात्रीको विद्युतीय स्कुटर पी–टु ले स्वदेशी उत्पादनको सम्भावना देखाएको छ । अटो शोमा बैंक तथा वित्तीय संस्था, बीमा, अटो पाट्र्स र ग्यारेज उपकरणसहित २०० भन्दा बढी स्टल छन् । 

चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, पाट्र्स तथा ग्यारेज उपकरण, मेड इन नेपाल र अन्तर्राष्ट्रिय बिजनेस प्याभिलियन गरी प्रदर्शनीलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update