काठमाडौं । सामसुङ नेपालले आफ्ना बहुप्रतीक्षित प्रिमियम डिभाइसहरू Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ। उत्कृष्ट फोल्डेबल प्रविधि, अत्याधुनिक क्यामेरा प्रणाली र उन्नत स्वास्थ्य व्यवस्थापनका फिचर्ससहित आएका यी डिभाइसहरूको बिक्री अगस्ट २६ देखि नेपालभर सुरु भइसकेको छ। प्रि-अर्डरदेखि नै ग्राहकहरूको उच्च उत्साह देखिएको यो नयाँ सिरिजमा Galaxy Z Fold8 Ultra मा 'Violet Shadow', Galaxy Z Fold8 मा 'Lavender' र Galaxy Z Flip8 मा 'Pink' रङ सबैभन्दा धेरै रोजाइमा परेका छन्।
यस पटकको Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ आयाम थपेको छ। विशेष गरी मल्टिटास्किङ र क्रिएटरहरूका लागि तयार पारिएको Galaxy Z Fold8 Ultra मा ८ इन्चको ठूलो मुख्य डिस्प्ले र शक्तिशाली क्यामेरा प्रणाली रहेको छ। त्यसैगरी, Galaxy Z Fold8 लाई दैनिक प्रयोग, म्यासेजिङ र ४:३ अनुपातको स्क्रिनमा इमर्सिभ गेमिङ तथा भिडियो अनुभवका लागि सहज बनाइएको छ। व्यक्तिगत शैली र पोर्टेबिलिटीलाई प्राथमिकता दिनेहरूका लागि ल्याइएको Galaxy Z Flip8 मा ५० MP क्यामेरा, ProVisual Engine र FlexCam फिचर समावेश छ, जसले फोटो तथा भिडियो खिच्ने शैलीलाई अझ उत्कृष्ट बनाउँछ।
स्मार्टवाच खण्डतर्फ, Galaxy Watch Ultra2 र Watch9 ले Snapdragon Wear Elite प्लेटफर्ममार्फत निरन्तर स्वास्थ्य ट्र्याकिङ, भरपर्दो कार्यक्षमता र लामो ब्याट्री लाइफ प्रदान गर्छन्। नेपाली ग्राहकहरूलाई यी नयाँ प्रविधिहरू सहजै पहुँचयोग्य बनाउन सामसुङले नागरिकताकै आधारमा प्राप्त गर्न सकिने २४ महिनासम्मको ०% EMI सुविधा पनि उपलब्ध गराएको छ।
मूल्यको हिसाबले Galaxy Z Flip8 (12+256GB) को मूल्य रु १,९४,९९९ (मासिक EMI रु ५,२९१), Galaxy Z Fold8 (12+256GB) को मूल्य रु २,७४,९९९ (मासिक EMI रु ७,४६२) र Galaxy Z Fold8 Ultra (12+256GB) को सुरुआती मूल्य रु २,९९,९९९ (मासिक EMI रु ८,१४०) तोकिएको छ (यसको 512GB भेरियन्ट रु ३,३९,९९९ मा उपलब्ध छ)। यस्तै, Galaxy Watch9 को सुरुआती मूल्य रु ६६,४९९ र Galaxy Watch Ultra2 को मूल्य रु १,२३,४९९ रहेको छ।
