News 24 Television
पाकिस्तानी राष्ट्रपतिद्वारा बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले तिब्बत सीमा नजिकै नेपालको उत्तरी क्षेत्रमा आएको आकस्मिक बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपतिले पीडित परिवारहरूप्रति पाकिस्तानको समवेदना तथा नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाहरूको सकुशल फिर्तीका लागि कामना गरेका छन् ।

नेपालमा आएको बाढीबाट ज्यान गुमाएकोप्रति धेरैजासो मित्र राष्ट्रहरुले सहयोगको प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update