स्याकार ट्रेडिङ कम्पनी प्रालिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
काठमाडौं । पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ करोड सहयोग गरेको छ । प्रालिले हालै प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालिन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनस्र्थापनामा सहयोग पुगोस्भन्ने उद्देश्यले उक्त योगदान गरेको हो ।
नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो । प्रालिले भनेको छ, “यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौं । राहत, तथा पुनस्र्थापनाको काममा सकारात्मक योगदान पु¥याउनु कम्पनीको उद्देश्य हो ।”
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ १४:०७
प्रतिक्रिया दिनुहोस्
