News 24 Television
चीनबाट नेपाल आयो ५० टन राहत सामग्री

काठमाडौं । चीनले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । चीनको जनमुक्ति सेनाको वायुसेनाका दुईवटा Y 20 ठूला ढुवानी विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर काठमाडौं आइपुगेका हुन्।

चीनको चेङ्दुस्थित शुआंगलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान करिब तीन घण्टाको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

chin3-1788078661.jpg
दुई विमानमा १३ हजार २ सय थान आपत्कालीन राहत सामग्री ल्याइएको छ । जसमा टेन्ट, कम्बल, सुत्ने झोला, हार्डट्याक र प्राथमिक उपचारका सामग्री छन् ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए ।

chin-2-1788078681.jpg
चीनले राहत सामग्रीसँगै चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणसमेत नेपाल पठाएको छ । विशेषगरी विपद्का क्रममा सुरुङ तथा भूमिगत संरचनामा उद्धार गर्न विशेषज्ञ टोली परिचालन गरिने बताइएको छ ।

चीनबाट आएको यो सहयोग नेपालमा पछिल्लो समय देखिएका विपद् तथा आपत्कालीन अवस्थाको उद्धार र राहत व्यवस्थापनमा प्रयोग गरिनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update