News 24 Television
चिनीको मूल्य भारतमा ९० नेपालमा १२० रुपैयाँ प्रति केजी

मोरङ । भारतमा चिनीको मुल्य घट्न थालेपनि नेपालमा भने चिनीको मुल्य घट्न सकेको छैन । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएका कारण सिमावर्ती बजारबाट चिनी ल्याउन भारतीय सशस्त्र सिमा बल एसएसबीले रोक्ने गरेको छ । 

नेपालका चिनी मिलहरुले न्यून मुल्यको बिल काटेर बढी मुल्यमा चिनी बेचिरहेका कारण पनि नेपाली बजारमा चिनीको मुल्य घट्न नसकेको हो ।

सिमावर्ती जोगबनी बजारमा एक सय रुपैया प्रति किलो रहेको चिनीको मुल्य प्रति किलो १० रुपैया घटेर ९० रुपैया पुगेको बेला विराटनगरमा भने चिनीको मुल्य एक सय २० रुपैया प्रति किलो रहेको छ । भारत सरकारले शुन्य भंसार र अन्य कर पनि छुट दिएर ५ लाख मेट्रिक टन चिनी आयात गरेपछि भारतमा चिनीको मुल्य घट्न थालेको हो । 

नेपाल सरकारले भने १ प्रतिशत भंसार र १३ प्रतिशत भ्याट त्यसमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीलाई मात्र २५ हजार मेट्रिक टन आयातको अनुमति दिएकाले चिनी अभावका कारण मुल्य नघटेको आयातकर्ताहरुले बताएका छन् । 

नेपालका चिनी मिलहरुले न्यून मुल्यको बिल काटेर बढी मुल्यमा चिनी बेचिरहेका कारण पनि नेपाली बजारमा चिनीको मुल्य घट्न नसकेको हो । दशै अगाडि नै चिनी ल्याउन नसके चिनीको मुल्य नघट्ने चिनी आयातकर्ता जीवन रिजाल बताउछन् ।  

नेपालमा चिनीको अभाव भईरहेको बेला सशस्त्र प्रहरी बल एपिएफले पनि सिमा क्षेत्रमा चिनी ल्याउन कर्डाई गरेकाले बजारमा चिनीको अभाव भएको र मुल्यवृद्धि भएको व्यापारीहरुले बताएका छन् । 

सशस्त्र प्रहरीले भने अन्य वस्तु ल्याउन कर्डाई गरेको भएपनि चिनी ल्याउन कर्डाई नगरेको बताएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको एनसिईएल मार्फत् २५ हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया शुरु गरिसकेको बताइएको छ । 

भारतले दिने डेढ लाख मेट्रिक टन कोटाको चिनी मध्येबाट चिनी आयात हुन लागेको हो । सिमावर्ती वीरगंजसम्म पु¥याउने गरी भारतिय ५७ रुपैया प्रति किलोमा आयात गर्न लागिएको र चिनी आएपछि मुल्य केही कम हुन सक्ने व्यापारीहरुले बताएका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update