News 24 Television
आईसीएफसी फाइनान्सद्वारा बाढी प्रभावितका लागि २५ लाख सहयोग

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । 

प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार, खोजतलास, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले संस्थाले उक्त रकम कोषमा जम्मा गरेको हो । 

यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सरकार, सम्बन्धित निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको फाइनान्सले जनाएको छ ।

आईसीएफसी फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा समुदायको साथमा रहँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update