News 24 Television
निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक

काठमाडौँ । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘ एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ । पुस्तकको उद्योगपति एबं राजनीतिज्ञ विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, पूर्व न्यायधीश एवं साईबर कानूनबिज्ञ डा. श्रीकृष्ण भट्टराईले बिभिन्न स्थानबाट डिजिटल रुपमा लोकर्पण गरे । 

नेपालको बिज्ञापन क्षेत्र र बिज्ञापन व्यावसायिक दुनियाँमा पारेको प्रभाब समेटिएको  पुस्तकमा  नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको बिज्ञापन सस्कारलगायतका विषय समेटिएको छ ।

पाईन प्रकाशनले प्रकाशित गरेको पुस्तकमा  नेपालमा आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ ।

विज्ञापन व्यवसायी एवं नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्षसमेत रहेर काम गरिसक्नुभएका उहाँले पुस्तकमा व्यावसायिक जीवनका आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथाहरू पनि समेटेका छन् । 

लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापान क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको बताए ।  उनले आफ्नो व्यवसायका सिलसिलामा करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभवको बयान गरी पछिल्लो समयमा आएर फेरिएको विज्ञापन शैलीका बारेमा पनि उल्लेख गरेका छन् । 

उद्योगपति चौधरीले  पुस्तक बिज्ञापन क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका लागि ईतिहासको अध्ययन , मार्गदर्शन र प्रेरणाको स्रोत बन्ने बताए । यसैगरी संञ्चारउद्यमी राजकर्णिकारले यो पुस्तक नेपाली बिज्ञापन उद्योगको बिकास यात्र, अभ्यास, चुनौति  सम्भाबना र उपलब्धिको दस्तावेज भएको जनाए । 

पुस्तकले बिज्ञापन एजेन्सी, बिज्ञापनदाता , संञ्चारमाध्याम र सरकारी नीतिनियमबीचको अन्तरसम्बन्धलाई सैद्धान्तिक र व्यावहारिक दृष्टिकोण बाट बिश्लेषण गर्ने प्रयास गरेको उनले बताए । 

यसैगरी पूर्व न्यायधीश एबं साईबर कानूनबिज्ञ डा भट्टराईले बिज्ञापनको परम्परागत शैलीबाट डिजिटल रुपमान्तरणसम्मको यात्रालाई सुक्ष्म रुपमा केलाएको जनाए । 

सर्च इञ्जिन अप्टिमाइजेशन  देखि डाटा ड्रिभन मार्केटिङसम्म  जटिल आयामहरुलार्य सरल र प्राज्ञिक  भाषामा प्रस्तुत गरिएको र विद्यार्थी, अध्येता र व्यावसायीक रणनीतिकारहरुका लागि एक उपयोगी सामग्री हुने उनले बताए । यसअघि  लेखक पौडेलको ‘वेलकम आरोह अवरोह’  नामक पुस्तक पनि प्रकाशन भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update