News 24 Television
कोरियामा चम्किइन् रितु तामाङ,WNGP मा जितिन् कास्य पदक

काठमाडौँ । कोरियामा आयोजित WNGP World Natural Grand Prix को Bikini विधामा नेपाली महिला खेलाडी रीतु तामाङले तेस्रो स्थान हासिल गरेकी छन्।

अन्तर्राष्ट्रिय स्तरको Bodybuilding Show मा नेपालको प्रतिनिधित्व गर्दै रीतुले पदक जित्न सफल भएकी हुन्। निरन्तरको मेहनत, अनुशासन र समर्पणबाट यो उपलब्धि हासिल गर्न सफल रीतु तामाङको यो सफलतालाई नेपाली खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला खेलाडीको उत्कृष्ट प्रदर्शनले नेपाललाई थप चिनाउनुका साथै अन्य नेपाली महिला खेलाडीलाई समेत खेल क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update