काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसरमा “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” नामक विशेष चाडपर्व लक्षित अभियान सार्वजनिक गरेको छ।
२० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने यस अफर अन्तर्गत ग्राहकले सामसङका टिभी तथा होम अप्लायन्स खरिदमा आकर्षक क्यासब्याक, पक्का उपहार र लक्की ड्रमार्फत ठूला पुरस्कार जित्न सक्नेछन्। अभियान अवधिभर ३१ जना दैनिक विजेताले सामसङको ९ केजी वासिङ मेसिन वा ५५ इन्चको UHD टिभी र ८ जना साप्ताहिक विजेताले १ टन एसी जित्ने मौका पाउनेछन्।
लक्की ड्रमा सहभागी हुन सामसङको सामान खरिद गरेपछि पछाडिको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर टाइप गरी “Samsung सिरियल नम्बर” लेखी ३७२७३ मा SMS पठाउनुपर्नेछ र विजेताको घोषणा हरेक बुधबार इमेज च्यानल र आधिकारिक फेसबुक पेजमार्फत हुनेछ।
यसका साथै, टिभीमा २६% सम्म क्यासब्याक र निःशुल्क साउन्डबार, रेफ्रिजेरेटरमा २१% सम्म क्यासब्याक, तथा वासिङ मेसिनमा १८% सम्म क्यासब्याक उपलब्ध रहेको छ। ग्राहकले हुलास फिनसर्भमार्फत सहज किस्ताबन्दी (Samsung Insta Finance) तथा आर्कोस्टोरमार्फत पुराना उपकरण साट्ने सुविधा पनि लिन सक्नेछन्।


