काठमाडौं । नेपालका लागि सीएफमोटो (CFMOTO) मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले महान चाड दशैं तथा तिहारको पावन अवसरमा आफ्नो बहुप्रतीक्षित फेस्टिभ क्याम्पेन "Dashain Vibe, Tihar Lights & CFMOTO Rides!" आधिकारिक रूपमा सार्वजनिक गरेको छ। चाडपर्वको यस उल्लासपूर्ण समयमा राइडरहरूलाई लक्षित गर्दै कम्पनीले आफ्नो प्रिमियम मोडल CFMOTO 250 Dual EFI मा एक आकर्षक र सुविधायुक्त फेस्टिभ प्याकेज ल्याएको छ।
नयाँ अफरअन्तर्गत ग्राहकहरूले नगद खरिदमा तुरुन्तै रु. २०,००० को फ्ल्याट नगद छुट प्राप्त गर्नेछन्। साथै, सहज रूपमा बाइक खरिद गर्न चाहनेहरूका लागि मात्र ४० प्रतिशतको न्यून डाउन पेमेन्ट मा फाइनान्सिङ सुविधा उपलब्ध गराइएको छ। यदि ग्राहकहरूसँग पुरानो बाइक छ र उनीहरू साट्न चाहन्छन् भने एक्सचेन्जमा बजारमै उत्कृष्ट मूल्याङ्कन (एक्स्ट्रा भ्यालुएसन) को सुविधा पनि दिइएको छ।
अफरलाई थप आकर्षक बनाउन बाइकको खरिदमा सुरक्षालाई ध्यानमा राख्दै निफशुल्क प्रिमियम ह्यान्डगार्ड र प्रमाणित फुल-फेस हेलमेट प्रदान गरिएको छ। यसका साथै, कम्पनीले यस २५० सीसीको प्रिमियम मेसिनमा अभूतपूर्व ५ वर्षको इन्जिन वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकहरूलाई दीर्घकालीन रूपमा ढुक्क बनाउनेछ।
"राइड हजुरको, जिम्मेवारी हाम्रो" भन्ने नयाँ मूल नारासहित सार्वजनिक गरिएको यो अभियान अन्तर्गत कम्पनीले आफ्ना देशभरका आधिकारिक सेवा केन्द्रहरूमा सक्कली स्पेयर पार्ट्सको पर्याप्त उपलब्धता र भरपर्दो प्राविधिक सहयोग सुनिश्चित गरेको छ।
यसले राइडरहरूलाई सर्भिसिङ वा पार्ट्सको चिन्ता बिना ढुक्कसँग यात्राको आनन्द लिन प्रेरित गर्नेछ। सीमित अवधिको यो विशेष फेस्टिभ अफर नेपालभर रहेका सबै आधिकारिक सीएफमोटो शोरुम तथा डिलर नेटवर्कहरूमा उपलब्ध रहेको छ।


