लिटल स्टेप फाउण्डेशनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु २,९१,००० सहयोग
काठमाडौं । लिटल स्टेप फाउण्डेशन अन्तर्गत लिटिल स्टेप फाउण्डेशन सेकेण्डरी स्कुल र पोखरा लिंकन कलेजले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि झण्डै ३ लाख आर्थिक सहयोग गरेको छ । रसुवा बाढी पीडितका लागि लिटिल स्टेप फाउण्डेशन सेकेण्डरी स्कुल र पोखरा लिंकन कलेजले रु २,९१,००० सहयोग गरेको हो ।
विगत ४३ वर्षदेखि शिक्षाको क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित यस संस्थाले शिक्षा मात्र होइन, सामाजिक उत्तरदायित्व निर्वाहमा समेत निरन्तर योगदान गर्दै आएको छ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ १४:५१
प्रतिक्रिया दिनुहोस्


