काठमाडौं । सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस सिरिज अन्तर्गत Galaxy S26 FE बजारमा सार्वजनिक गरेको छ। One UI 9 सहित आउने यो ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन हो, जसले प्रयोगकर्ताहरूलाई प्रिमियम अनुभव प्रदान गर्नेछ।
यसमा सुधारिएको ट्रिपल रियर क्यामेरा, भिडियोलाई स्थिर बनाउने Horizontal Lock सहितको Super Steady, टाढाको दृश्यका लागि ३x अप्टिकल जुम र कम प्रकाशमा पनि उज्यालो तस्बिर खिच्न Nightography सुविधा उपलब्ध गराइएको छ।
यसका साथै, नयाँ Galaxy AI तथा Now Brief जस्ता फिचरहरूले यसलाई अझ स्मार्ट बनाएका छन्। मूल्यको कुरा गर्नु पर्दा, Galaxy S26 FE (८/२५६ जीबी) को मूल्य रु १,१९,९९९ तोकिएको छ र यो Pistachio, Graphite तथा Blueberry रङहरूमा उपलब्ध हुनेछ।
साथै, सामसङले रु ८,००० सम्मको एक्सचेन्ज बोनस, ६ महिनाको निःशुल्क Google AI Pro Subscription र २४ महिनासम्मको सजिलो EMI सुविधा (मासिक रु ३,२५६ देखि सुरु) पनि उपलब्ध गराएको छ।


