काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा मोटरसाइकलको नियमित मर्मतसम्भार र सुरक्षित यात्रालाई लक्षित गर्दै बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ । असोज ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने क्याम्पमा नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा पुगेर मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ ।
चाडपर्वका बेला यात्राको संख्या र दूरी बढ्ने भएकाले यात्रा अघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित समस्या समयमै पहिचान गर्न कम्पनीले ग्राहकलाई आग्रह गरेको छ । चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत पाउनेछन् ।
क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पार्ट्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुने बजाजले जनाएको छ ।
कम्पनीका अनुसार नियमित निरीक्षण र समयमै गरिने मर्मतसम्भारले मोटरसाइकलमा देखिन सक्ने सम्भावित समस्यालाई गम्भीर बन्नुअघि नै पहिचान गर्न सहयोग गर्छ । त्यसैले चाडपर्वको यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था जाँच गर्न कम्पनीले सुझाव दिएको छ ।
चेकअपका लागि छुट्टै क्याम्पस्थलमा जानुपर्ने छैन । नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरबाट सेवा लिन सकिनेछ । थप जानकारीका लागि बजाजको २४सै घण्टा हेल्पलाइन १६६००१७५५५५ वा ९८०१५७५५५५ मा सम्पर्क गर्न सकिनेछ ।


